
नेपाली काँग्रेस पार्टीको केन्द्रीय समितिको बैठक सकिएको छ, यो बैठकले नेताहरुबीचको द्वन्द्व र विवादलाई अन्त्य गर्न कतिको सफल भयो ?
नेपाली काँग्रेस एउटा लोकतान्त्रिक पार्टी भएकोले वैचारिक कुराहरुमा सबै कुराहरु मिल्छ भन्ने छैन, कहिल्यै पनि मिल्दैन । सम्भव भएका कुराहरु मिल्दै जान्छन् ।
नेपाली काँग्रेस एउटा लोकतान्त्रिक पार्टी भएकोले वैचारिक कुराहरुमा सबै कुराहरु मिल्छ भन्ने छैन, कहिल्यै पनि मिल्दैन । सम्भव भएका कुराहरु मिल्दै जान्छन् ।
उदाहरणका लागि–बीपी कोइराला जब प्रवासमा हुनुहुन्थ्यो, सशस्त्र क्रान्ति गर्छु भनिकन हतियारहरु खरिद गर्न थालिरहँदा यता सुवर्ण शमसेर भारतसँग र राजासँग समन्वयन गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्नुभयो । कृष्ण प्रसाद भट्टराई भने जेलमा हुनुहुन्थ्यो, जेलबाटै उहाँले म जेलबाट छुट्न पनि चाहन्न र यो राजासँग मिल्दा पनि मिल्दिन, न त भारतसँगै मिलेर जान्छु, फेरी जेलबाट छुटेर प्रवासमा पनि जान्न ।
म नेपाली जनता भएको हुँदा नेपालमै बस्छु भन्नुभयो । त्यसैले राजनीतिमा आ–आफ्नो विचारको लडाइ भइरहन्छ । त्यसलाई ठुलो कुरा मान्नुहुँदैन । त्यसकारण यस्ता विषयहरुमा पार्टीका कुन नेताहरुले कसरी लिन्छन् भन्ने कुरा हो । यतिबेला नेपाली काँग्रेसभित्र गुटले ग¥यो, तर म चाँही विचारको लडाईमा लड्दै छु ।
वर्तमान अवस्थामा काँग्रेसभित्र तपाई विचारको राजनीति गर्दै छु भनिरहँदा पार्टीभित्र वैचारिक द्वन्द्व बढ्दै गएको देखियो नि ?
नेपालको संविधान २०७२ निर्माण भइरहँदा मैले संविधान बनाउने क्रममा पनि संविधानसभाभित्रै धार्मिक स्वतन्त्रताको कुरा उठाउने र रोष्टममा गएर बोल्ने मान्छे म हो, नेपाली काँग्रेसबाट मलाई लाग्छ म मात्रै होला । त्यो बेला शुसिल दा, शेरबहादुर र रामचन्द्रले अरु पनि दुई वटा इस्यु थियो जुन संसदबाट पास पनि भयो । त्यो समानुपातिक समावेशी र जनसंख्याको आधारमा सिट निर्धारण हुनुपर्छ भन्ने । त्यो बेला उहाँहरुले भन्नुभयो यो नगर्नुस् ।
म त त्यो बेला देखिनै भनिराख्या छु, अहिले पनि भन्छु, नेपाली काँग्रेसको चारवटा तारामध्ये एउटा तारा धार्मिक स्वतन्त्रता हो भन्ने कुरा नेपाली काँग्रेसका तल्लो स्तरका कार्यकर्ताहरुले पनि बुझ्न जरुरी छ । हामी के भन्दै छौ भने गाई हाम्रो राष्ट्रिय जनावर हो । गौहत्या नगर । दोस्रो कुरा हामी के भन्दै छौ भने प्रलोभनमा परेर धर्म परिवर्तन नगर भनेर हामीले हाम्रा नेपाली दाजुभाईहरुलाई भन्न नपाउने नी हुन्छ ?
हालै नेपालगञ्जबाट सुर्खेततर्फ पठाइएको भनिएको गाईगोरु भिरबाट लडाइएको प्रकरणमा नेपाली काँग्रेस किन कडा रुपले प्रस्तुत हुन सकेन ?
गौहत्या भइरहेको छ, यो गलत कुरा हो । त्यसलाई कारवाही गर्ने काम कसको हो ? यसको जिम्मेवारी कसले लिने ? यसको जिम्मेवारी सरकार राज्यले लिनुपरेन ? यस विषयमा नेपाली काँग्रेसको केन्द्रीय समितिबाट नै प्रतिक्रिया आएको छ । यो मुद्दालाई लिएर सडकमा नै जाने कुरा त भएन । हामीले त बोल्ने होनी । जो हिन्दु राष्ट्र भन्दै सडकमा उभिन्छन्, बोल्छन् नि तिनीहरु कहाँ सुतेर बसेका छन् भनेर सोध्न चाहन्छु ।
उहाँहरु अहिले सुत्नु भएको रहेछ नि । अरु बेला आएर घचघच्याउने हिन्दु राष्ट्र चाहियो भन्दै तर आज कहाँ हुनुहुन्छ ? गाईलाई त्यसरी मार्दाखेरी उहाँहरु सडकमा आउन सक्नु भएन ? जो हिन्दु राष्ट्रका पक्षमा बोल्नुहुन्छ, वकालत गर्नुहुन्छ नेताहरु मात्रै भनेको होइन तर उहाँहरु किन बोलिरहनु भएको छैन ? राजनीति र धर्मलाई हामीले अलिकति अलग पनि राख्नुपर्छ । किनभने राजनीति र धर्मलाई एकै ठाउँमा राखेर हिड्यो भने देश अप्ठ्यारो परिस्थितिमा पर्छ । म यति मात्र भन्छु कि धर्म र राजनीतिलाई अलग गरौं ।
धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रता एउटै होइन भन्ने कुरा स्पष्ट भन्छु । यो कुरा हामीहरुले बुझाउन सकेका छैनौं जनतालाई धर्म निरपेक्षता भनेको बेग्लै कुरा हो । यो शब्द युरोपबाट आएको शब्द हो । किन आयो भन्ने कुरा मैले पहिले नै धेरै पटक भनिसकेको छु । त्यहाँ पहिले चर्चले शासन गर्थे । पछि के भयो भने जब जनता बलियो हुँदै गए जनताले चर्चसँग लडाई ग¥यो । लडाई गरिसकेपछि चर्चको अधिकार कटौती गर्नुलाई धर्मनिरपेक्षता भनेर राख्यो ।
हामीकहाँ त्यो समस्या थिएन नि त । हामीले धर्म निरपेक्षताको लडाई गरेको पनि होइन । निरकुंश राजतन्त्र अन्त्यको लागि लडाई गरेको हो । पूर्ण प्रजातन्त्रको लागि लडाई गरेको हो र नेपाली काँग्रेसको एउटा तारा धार्मिक स्वतन्त्रता हो भन्ने कुरा स्पष्ट रुपले बुझ्नुपर्छ ।
तर नेपाली काँग्रेस पार्टीभित्र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर बहस सुरु भएको छ नि ?
नेपाली काँग्रेस एउटा लिवरल डेमोक्रेटिक पार्टी हो । यो बहस गर्न पाइदैन भनेर कसैले भन्छ भने त्यो गलत हो । १४औं महाअधिवेशन जब सुरु हुन्छ त्यो बेला धेरै साथीहरुले महाअधिवेशन प्रतिनिधिहरुले यो इस्युलाई जिवित राख्ने मात्रै होइन उहाँहरुले धेरै गम्भीर तरिकाले उठाउनु हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।
त्यसैले नेपाली काँग्रेसका नेताहरु सचेत हुनुप¥यो । अहिले नै व्यवस्थापन गर्न सक्नुपथ्र्यो । यो के कसरी व्यवस्थापन गर्ने हो, त्यो नेताहरुको काम हो ।
त्यसोभए नेपाली काँग्रेस पार्टी हिन्दु राष्ट्र बनाउने अभियान तिर लाग्यो भन्दा हुन्छ हैन त ?
होइन मैले त्यसो भनेकै छैन ।
नेपाली काँग्रेस पार्टी आफैले ल्याएको गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई कमजोर पार्दै छ भन्ने कुरा पनि सुनिन्छ नि ?
गणतन्त्र र संघीयता नेपाली काँग्रेसले कमजोर पारेको हो ? नेपाली काँग्रेसको सरकार छ अहिले ? सर्वदलीय बैठक बोलाउनु भयो प्रधानमन्त्रीले त्यो सर्वदलीय बैठकमा भन्नुभयो राजा र विप्लव माओवादीले गणतन्त्र, संघीयता धर्म निरपेक्षता र समावेशीता समाप्त ग¥यो भन्नुुहुन्छ । तपाई हामीहरु राजनीतिक दलहरु एकजुट हुनुप¥यो भनेर उहाँले भन्नुभयो । म त के भन्छु भने राजाले समाप्त गरेका हुन् गणतन्त्र ? राजा त चुप लागेर बसेकै थिए नि ।
अहिले पनि उहाँ चुप लागेर नै बस्नुभएको छ । फ्रान्समा हेर्नुस् त्यहाँ अहिले पनि एउटा सानो टुक्रा छ, जो राजतन्त्र चाहन्छन् । सय वर्षभन्दा बेसी भइसक्यो । तर त्यहाँ चाहन्छन् राजतन्त्र आओस् भन्ने । राम्रो काम ग¥यो भने न गणतन्त्र रहिरन्छ । राज्य सञ्चालनमा नै गडबड छ भन्छु म त । संघीयताको विषय हेर्नुस् हरेक प्रदेश–प्रदेशमा र केन्द्रको बिचमा लडाई चल्दै छ । संविधानमा लेखेको कुराहरुलाई स्वीकार गरेर हिँड्नुस् ती त्यो पनि नगर्ने ।
शिक्षा मन्त्रालयले डिक्टेड गर्ने शिक्षाका विषयहरुमा यहाँको संघले डिक्टेड गर्ने स्थानीय तह र प्रदेशलाई । प्रदेश–प्रदेशबीचमा लडाई हुन थाल्यो । यो विषयमा सरकारले छिटो भन्दा छिटो काम गर्नुप¥यो । समावेशीताको कुरा आयो । समावेशीता छ की छैन ? हामीले बोल्न त बोल्यौ । संविधानमा पनि लेख्यौ । तर राज्यले समावेशीता समाप्त गर्दैछ ।
अहिले जनताले तपाईहरुबाट विश्वास र भरोसा नै गर्न छोडे भन्छन नि किन ?
सालिकराम पुडासैनीको हत्याको वा आत्महत्याको जुन केस छ, त्यसमा किन मानिसहरु सडकमा आए ? किन नेताहरु जाँदा पाँच सय मानिसहरु पनि जम्मा हुँदैनन् ? न्यायपालिकामा जनताको विश्वास आशा र भरोसा हटिसक्यो । जनताहरु निराशा भइ सके । हामीले न्याय पाउँछौं भन्ने उहाँहरुलाई छँदैछैन । अख्तियारले पनि तल्लो स्तरकोलाई मात्र छानविन गर्छ ।
किन अख्तियारले माथीको ठुला माछाहरुलाई प्रश्न गर्न बोलाउँदैन ? वाइवडिमा नै बोलाउनुपथ्र्याे । ललिता निवास काण्डमा बोलाउनुपथ्र्याे । त्यस्तै सुनकाण्ड, चिनी काण्ड, कति धेरै काण्ड नै काण्ड छ । किन नाम मुछिएका ठुला माछालाई बोलाउँदैन ? अरु देशहरुमा बोलाउँछ त । हाम्रै छिमेकी देशहरुमा बोलाइराखेको छ । प्रश्न गर्न पनि डराउने अख्तियार ?
अहिले जनताले सरकार पक्ष र प्रतिपक्षलाई पनि छोडेका छैनन्, किनभने देशमा मिलोमतोमा भ्रष्टाचार हुन्छ भनेर भनिरहँदा तपाई के भन्ुनहुन्छ ?
अख्तियार सत्ता पक्ष पनि होइन र प्रतिपक्ष पनि होइन । यो त स्वतन्त्र संस्था हो । स्वतन्त्र संस्था होइन भन्नुहुन्छ भने मलाई भन्नु केही छैन । मैले त स्वतन्त्र संस्था नै सोचेको हो अख्तियारलाई । किन तल्लो तहका ५८ जनालाई बोलाउनुभयो र किन माथिल्लो तहकालाई नबोलाउने ? हस्ताक्षर गर्ने मान्छेहरुलाई किन नबोलाएको ?
अनि कसरी देश अगाडि बढ्छ ? वाइडवडी अहिलेसम्म छलफल नै गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीले एउटा समिति बनाउनुभयो त्यो त झनै हाँस्यस्पद छ । वाइडवडीको लागि न्यायिक आयोग बनाउनुभयो । ४५ दिनको म्याद दिनुभयो । ४५ दिनपछि त्यो आयोगको अध्यक्ष र सदस्यहरुलाई चिठी पनि पठाउनुभएको रहेछ यो कति हाँस्यपद कुरा छ, तपाई आफै भन्नुहोस् त । यसबाट के देखिन्छ भने सबै नेताहरु नै संलग्न छन् की भन्ने चिन्ता लाग्छ नि हामीलाई ।
वाइडवडी प्रकरणमा काँग्रेस सभापति शेरबहादुर देउवाको पनि नाम मुछिएको छ नि तपाई के भन्नुहुन्छ ?
मैले सभापतिको मात्रै होइन सबैको कुरा गरेको हो । हामीले राजनीति के–को लागि गरेको ? समाजलाई बदल्नको लागि गरेको हो नि, अनि तलको मान्छेले भ्रष्टाचार ग¥यो भनेर उनीहरुलाई समात्दै लग्ने । अर्को कुरा घुस लिने मान्छेलाई त समात्दै हुनुहुहन्छ । जसले दिँदैछ त्यसलाई केरकार गर्नुपर्दैन । यो देशमा विचित्र भइराखेको छ । दिने मान्छे पनि त त्यतिकै दोषी होला नि त ? कि होइन हाम्रो देशमा ?
आगामी २४ गतेदेखि असोज ७ गतेसम्म सरकारका विरुद्ध सडक आन्दोलन गर्दै हुनुहुन्छ, के–का लागि ?
सरकारले गरेको गलत कामहरुको हामीहरुले जनतामाझ पु¥याउनु जरुरी छ । जनतामाझ गलत कुराहरु जुन भइरहेका छन् । ति कुराहरुलाई हामीहरुले सडकमा गएर जनतालाई सुसूचित गर्ने हो । एउटा के कुरा बुझ्न जरुरी छ भने हामी प्रतिपक्षमा छौं ।
नेपाली काँग्रेस पार्टीको कुरा होइन । प्रतिपक्षले चुप लागेर बस्ने ? संसद्मा पनि हामीहरुले राम्रो भुमिका खेल्न प¥यो । सडकमा पनि खेल्नुप¥यो । सदन र सडक भन्छन् दुवैतर्फ प्रतिपक्षले राम्रो भुमिका खेल्नुप¥यो नि । सडकमा गएर पनि बताउन प¥यो कि जनतालाई के भइरहेको छ ।
त्यहाँ तोडफोड गर्ने होइन । झगडा गर्ने होइन । तर हामीहरुले जनतालाई सुसूचित गर्नुप¥यो नि । मिडिया काउन्सिलमा के भएको छ ? कसरी मिडिया काउन्सिल विधेयक गडबड छ । एउटा गम्भीर विषय आएको छ । यसमा नेपाली काँग्रेस पनि फस्दै छ भन्छु म ।
यो द्वन्द्व पिडितहरुको लागि आयोग बन्दै छ नि आयोगमा समिति बनेको छ । पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा समिति बनेको छ । त्यसलाई वाइपास गरिकन नेताहरु बसेर यसलाई बनाउने भनेर निर्णय गर्छन् । मान्दिनुस् यो समितिले स्वीकार गरेन भने के हुन्छ ?
कति गम्भीर विषय छ । विदेशीहरुले के भन्छन्, मानव अधिकारको कुरामा, मानव अधिकार आयोगको अध्यक्ष अनुपराज शर्माले के भनिसक्नुभयो भने यसरी ग¥यो भने हामी हाम्रो सदस्यलाई त्यहाँबाट हटाउछौं सम्म भनिसक्नु भयो । पिडितलाई न्याय दिन सकिरहेका छैनौं । अब पनि ढिलो ग¥यौ भने हामी कहाँ पुग्छौ ? यसमा सबै नेताहरुलाई डर छ । किन डराउनु प¥यो ? तर काम गर्ने वातावरण त बनाउनुप¥यो नि ?
काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...
१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...
1. The Pulse of Stake’s Short‑Session Landscape Stake Casino heeft een niche gevonden voor spelers die verlangen naar directe opwinding...