यो सरकार लामखुट्टे पाल्ने, जनता मार्ने अभियानमा छ कि जस्तो लाग्दैछ,, सरकारको हर्तक देख्दा आश्चर्य चकित भएको छु – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

यो सरकार लामखुट्टे पाल्ने, जनता मार्ने अभियानमा छ कि जस्तो लाग्दैछ,, सरकारको हर्तक देख्दा आश्चर्य चकित भएको छु

डिला संग्रोला
नेतृ एवं सांसद– नेपाली काँग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पार्टी यतिखेर दोस्रो चरणको राष्ट्रिय जागरण भन्दै गाउँगाउँ पसेको छ । पछिल्लो समय मुलुकभर खैरो खालको लामखुट्टेको टोकाइबाट डेंगु रोगले मुलुकलाई नै अस्तव्यस्त बनाएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय नेताहरु जनजागरणमा लागिरहँदा सरकारले गरेको कमीकमजोरीहरु पनि आफ्ना कार्यकर्तालाई बताउँदै हिँडेका छन् ।

यता संसदमा पनि डेंगु रोगको बारेमा सरकारको आलोचना गर्दै स्वास्थ्यमन्त्रीको राजनीनामा समेत माग्न थालिएको छ । संसद्मा सरकारले लगेका विधेयकहरु पनि विवादीत हुँदै आएका छन् ।

डेंगु रोग, सदनमा पेस गरेको विधेयक लगायत समसामयिक विषयका बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेतृ एवं सांसद् डिला संगौलासँग नयाँ विकल्प साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले गरेका कुराकानीको सम्पादीत अंशः

देशैभर डेंगु रोगको भयाभह स्थिति सिर्जना भइरहेको अवस्थामा तपाईहरु स्वास्थ्यमन्त्रीको राजीनामा माग्नुको कारण के–हो ?
अहिलेको अवस्थामा डेंगु रोगको महामारी देशैभर देखिरहेका छौं । डेंगु रोगले ६५ जिल्ला भन्दा बढीमा निकै ठुलो प्रभाव पारेको अनुमान भइरहेको छ । यस्तो भयाभह स्थितिमा पनि सरकार कानमा तेल हालेर बसिरहेको छ । राज्य, सरकारले ध्यान दिन नसकेका कारण स्थिति भयाभह हुँदै छ । लाग्छ यतिबेला सरकार कुम्भकर्णको निन्द्रामा छ ।

यस विषयमा स्वास्थ्य मन्त्रीले संसद्मा कुनै किसिमको जानकारी दिएका छैनन् । जनतालाई सचेत गराउन कहा हो कहाँ, उल्टो स्वास्थ्य मन्त्रीनै विदेश सयरमा छन् । अहिलेको रोगबारे नेपाली जनतालाई धेरै जानकारी नभएको हामीले महसुस गरेका छौं । त्यसकारणले स्वास्थ्य मन्त्रीले कि संसद्मा जानकारी गराउनुप¥यो । होइन भने संक्रमण रोक्नसक्नु प¥यो । या त गर्न सक्नुहुन्न भने राजीनामा दिनुप¥यो ।

देशैभर संक्रमण फैलिदाँ प्रतिपक्षीको पनि त भुमिका हुन्छ होइन र ? जनतालाई संक्रमण फैलिरहने, तपाईहरु भने संसद्मा झगडा गरेर बस्न मिल्छ ?
सबै मिल्नको लागि सदनमा कुनै जानकारी छैन । सदनमा सरकार पक्ष वा प्रतिपक्ष केही नभनी हामीले माग गरिरहेका छौं । सायद स्वास्थ्यमन्त्री विदेश भ्रमणमा नै व्यस्त हुनुहुन्छ होला । स्वास्थ्य राज्यमन्त्री पनि केही बोलिरहनु भएको छैन । यस्तो परिस्थितिमा नेपाली जनताहरु डेंगुबाट भयावह स्थिति भइरहेको छ । नेपालको ७७ जिल्लामध्ये झण्डै ६५ जिल्लामा डेंगु रोगको संक्रमण फैलिसकेको तथ्यांक सार्वजनिक भइसकेको छ ।

अति प्रभावित हुने तराइमा मात्र संक्रमण रोक्न सकेको भए देशको अन्य जिल्लाहरु हुँदै हिमाली जिल्ला मनाङसम्म यो फैलिने थिएन । यस्तो अवस्थामा सरकारका स्वास्थ्यमन्त्री चाँही किन मौन छन् ? कति जनताले अकालमै मृत्युवरण गर्ने ? । डेंगु रोग तपाई–हाम्रो घरभित्र पनि आइसकेको अवस्था छ । सबै जनता भयभित हुँदै गएका छन् ।

दिनप्रतिदिन नेपाली जनताहरुलाइ संक्रमण फैलिदैँ गएको छ । स्वास्थ्य जस्तो संवेदनशील कुरा भएको हुँदा नेपाली जनताको स्वास्थसँग खेलबाड गर्न मिल्दैन । । यो तपाई हाम्रो जीवनसँग गाँसिएको कुरो हो । प्रत्येक दिन सत्तापक्ष प्रतिपक्ष नभनिकन सदनभित्र ठुलो हगाँमा भइरहेको छ । सरकारका स्वास्थ्यमन्त्री कहाँ छन् ? हामीलाई थाहा छैन । सरकार किन मौन बसेको छ । यसको बारेमा तत्काल सदन र नेपाली जनतालाई जानकारी चाहियो, त्यो मात्रै हाम्रो माग हो ।

वर्तमान स्वास्थ्यमन्त्री उपेन्द्र यादवले काँग्रेससँग कुनै एजेण्डा नै नभएकोले सानातिना कुराहरुलाई ठुलो पहाड बनाउँदै हिँडेको भनेर लगाएको आरोपलाई के भन्नुहुन्छ ?
तपाई सञ्चार जगत्ले देखिरहनु भएको छ नि । काँग्रेसले कति कुराहरु एजेण्डाको रुपमा उठाइरहेको छ । नेपाली काँग्रेस सँधै एजेण्डा बोक्ने पार्टी हो ।

नेपाली काँग्रेस जनताको दैनिक जीवनशैली तथा जनजिवीका र जनसवाललाई मुखर्कित गरेर हिँडिरहेको पार्टी हो । नेपाली काँग्रेस जनताको भाषा बोल्ने पार्टी हो । आज पनि नेपाली काँग्रेस जनताको सार्वभौम सत्ताको लागि लडेर नेपाली जनता र नेपाललाई डा¥याउँदै यहाँँसम्म आइपुगेको हो ।

स्वास्थ्यमन्त्रालयको जिम्मेवारी सम्हालेर बसेका स्वास्थ्यमन्त्री कहाँ के गर्दै हुनुहुन्छ सदनलाई जानकारी छैन ? त्यसैले त हामी भनिरहेका छौं । यो संक्रमणकालीन घडीमा जनताको स्वास्थसँग खेलवाड नगरौं, सबै मिलेर पहिले संक्रमण रोकौ । खोई त स्वास्थ्यमन्त्रीले यो कुराको बारेमा बोलेको ?

तर सरकारका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारले काम थालिसकेको छ, डेंगु रोगको बारेमा सरकारलाई जानकारी भएरै नियन्त्रण गर्न लागेको छ भन्नुभयो नि त ?
मलाई तपाईले भनेर हुँदैन । नेपाली जनताले थाहा पाउने माध्यम भनेको नेपाली सञ्चामाध्यम नै हो । तर रेडियो, टिभि र गोरखापत्रमा मात्रै भनेर हुँदैन । जनताहरुको सार्वभौमसत्ता सदन भएको हुँदा सदनलाई जानकारी गराउनुपर्छ । त्यसैले सरकराले के कदम चाल्दै छ ? कसरी सबै जनतालाई चेतना गराउँदै छ ? नियन्त्रणको कार्यक्रम कस्तो लिएर आउँदै छ भन्ने बारे सदनलाई जानकारी भएपछि नेपाली जनताले थाहा पाउने हुन् ।

जानकारी पाएपछि विभिन्न प्रतिक्रियाहरु आउँछन् र तिनीहरुबाट निस्केका कुराहरुलाई निश्कर्षमा पु¥याएर सदनबाटै राष्ट्रिय सहमति जुटाउन सके छिटो भन्दा छिटो डेंगु रोगको संक्रमणलाई न्यूनीकरण गर्न सकिन्छ । त्यसैले यस्तो भयभित अवस्थालाई सामान्य स्थितिमा ल्याउन सरकारले कुनै चासो नदेखाएको हुँदा हामी त आश्चर्य चकित छौं । सरकारले यस विषयमा तत्काल कदम चालोस् हामी पनि नेपाली जनतालाई परेको असजिलो फुकाउन तम्तयार छौं ।

नेपाली काँग्रेस पार्टीको कुनै राष्ट्रिय एजेण्डा नभएर सानोतिनो कुरालाई पनि राष्ट्रिय एजेण्डा बनाएर हिँडिरहेको भनेर सरकार पक्षले लगाइरहेको आरोपलाई के भन्नुहुन्छ ?
नेपाली काँग्रेसले सदनमा राष्ट्रिय विषयवस्तुलाई लिएर निकै ठुलो आवाज बुलन्द गरिरहँदा पनि सरकार दुई तिहाईको दम्भ देखाएर प्रतिपक्षीको आवाजलाई दबाउन खोजिरहेको छ । देशमा भएको विभिन्न काण्डहरुका बारेमा सदनमा कुरा उठाइरहेका छौं । विभिन्न काण्डहरुमध्ये हालै भएको गौहत्याको विषयमा पनि सदनमा हामीले कुरा उठायौं ।

तर सरकरा कानमा तेल हालेर बसेको छ । राज्यव्यस्था सुशासन समितिमा गृहमन्त्रीले पनि सत्य छानविन गर्न सक्नु भएन भनेर आवाज उठिरहेको छ । त्यसैले समिति गठन गर्ने, ढाकछोप गर्ने पद्वतिले मुलुकमा अर्को सांस्कृतिक र धार्मिक आन्दोलन भड्किन सक्छ भनेर हामीले सरकारलाई घचघच्याई रहेका छौं । सरकारले कुनैपनि कुरामा ध्यान दिएको छैन । त्यसैले यो सरकार लामखुट्टे पाल्ने, जनता मार्ने अभियानमा छ कि जस्तो लाग्दैछ ।

मलाई यो सरकारको हर्तकहरु देख्दा कतै मुलुक एकतन्त्रीय शासन पद्धति तिर त उन्मुख हुँदै गएको छैन ? भन्ने आशंका उब्जिएको छ । जाबो लामखुट्टेको पनि नाश गर्न नसक्ने सरकारले जनताको जिउधनको सुरक्षा गर्छ र ? देशलाई विकास र समृद्धिमा पु¥याउँछ भन्ने विश्वास नेपाली जनताले कसरी गर्ने ?

चालु संसदमा नागरिकताको बारेमा समिति हुँदै सदनमा छलफल भइरहेकोले यो विधेयक कहिलेसम्म टुंगिएला ?
नागरिकताको सन्दर्भमा हामीले सुक्ष्म तरिकाले केलाएर छलफल गरिरहेका छौं । हामी प्रतिपक्षीले माग गरेका छौं । यति लामो समयसम्म नागरिकताको बारेमा सांसदहरुले समितिभित्र आफ्नो दृष्टिकोण राखिसक्नु भएको छ । गृह मन्त्रालयले नागरिकता विधेयक ल्यायो, यसको बारेमा आधिकारिक अन्तिम धारणा के हो ? धारणा लिएर आउँ भनेर हामीले भन्यौ तर त्यो धारणा लिएर नआएका कारण हामीले फेरी छलफलको माग गरिरहेका छौं ।

सँधै सहमति र सहकार्य भन्ने तर सहमति जुटाउन नसक्ने तपाईहरुको भुमिकाको बारेमा किन शंका नगर्ने ?
सहमति हामीले खोज्ने हो की ? जसले विधेयक ल्यायो उसले सहमति खोज्ने हो ? हामीले खुलेर छलफल गरेका छौं । आ–आफ्नो विचार राखेका छौं । छिटो नागरिकता सम्बन्धी विधेयक टुङ्गोमा आओस् भनी हामीले भनिरहेका छौं । नागरिकता हरेक नेपालीको पहिचानसँग गाँसिएको छ । पाउनै पर्दा चाँही सबै बाटो फुकाएर हरेक नेपालीले नागरिकता पाउन भन्ने बाटो स्पष्ट खुलोस् भन्ने हाम्रो भनाई हो । हामीले सरकारलाई घचघच्याई रहेका छौं । जसले नागरिकता विधेयक ल्यायो । त्यही सरकार यस विषयमा गम्भीर छैन ।

विदेशीले नेपाली महिलासँग विवाह गरेपछि नेपाली नागरिकता पाउन योग्य हुन्छ कि हुँँदैन ?
तपाईले राम्रो प्रश्नको उत्तर खोज्नुभयो । एउटा छोराले ल्याउने बुहारी र अर्को छोरीले ल्याउने ज्वाई यि दुवै कुराको बारेमा स्पष्टसँग सदनमा छलफल भएको छ । बुहारी भएर आउनेलाई चाँही सजिलो छ । ज्वाई भएर आउनेलाई चाँही गाह्रो स्थिति देखिरहेको छ । दुवैमा समानता खोजौं भनेर मैले आफ्नो व्यक्तिगत दृष्टिकोण राखेको छु । कसरी समानता खोज्ने ? आउने बुहारी पनि नेपाली चेली भएर आएकी हुन्छे । कसरी यसलाई निश्कर्षमा निकाल्ने अहिलेको परिप्रेक्षमा समानतालाई पनि अगाँलौं विभेद पनि नगरौं भन्ने मेरो व्यक्तिगत धारणा हो ।

भुमाफियाको स्वार्थमा भुमि विधेयक आयो भन्ने चर्चा छ, यसमा काँग्रेसको भनाई के हो ?
भुमि विधेयकको बारेमा हामीले संशोधन प्रस्ताव दर्ता गरेका छौं । त्यसैले अहिले आएको विधेयक भुमाफियाको चङ्गुलमा नै आएको हो । हामीले त भन्नै प¥यो नि, आफ्नो कुरा राख्नै प¥योे, यस्तो कुराको उजागर गर्नै प¥यो । तर सरकार बहुमतमा भएको हुँदा पेलेर निर्णय गर्छ भने उही फस्छ । हामीले रोक्न सकिन्न । हामीले त संशोधन प्रस्ताव पेस गरेर छलफल चलाएका छौं ।

काँग्रेस यतिखेर दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत लागि परिरहँदा बाँके जिल्लाका काँग्रेस सभापति किरण कोइरालामाथि भएको आक्रमणलाई यहाँले कसरी लिनुभएको छ ?
नेपाली काँग्रेस यतिखेर दोस्रो चरणको राष्ट्रिय जागरण अन्र्तगत देशैभर नेताहरु जागरण अभियानमा लागि परेका छन् । पहिलो चरणको राष्ट्रिय जागरणमा उठेका कुराहरुलाई सम्बोधन हुने गरी अहिलेको राष्ट्रिय जागरण सुरु गरिएको छ । जतिपनि राष्ट्रय जागरणमा उठेका कुराहरु थिए, तिनीहरुका जवाफ सम्बोधन हुनेगरी अहिलेको कार्यक्रम तय गरिएको छ । वर्तमान अवस्थामा नेकपाको सदनमा दुईतिहाई भएको हुँदा सरकारको दम्भ बढिरहेको छ ।

सरकारले दर्जनौ काण्डहरुलाई उजागर गर्ने काँग्रेसभित्रको आन्तरिक व्यवस्थापन मजबुत गर्ने, काँग्रेस–काँग्रेसको भातृत्व र आत्मियता बढाउने र ग्रासरुटका कार्यकर्ताको भनाई बुझ्ने उद्देश्यले गरिएको जनजागरण अभियानमा नेपाली काँग्रेस बाँकेको जिल्ला सभापति लगायत केन्द्रीय प्रतिनिधि माथि नेकपाका कार्यकर्ताले आक्रमण गरेका छन् । यो आतताई आक्रमणका विरुद्ध सिंगो नेपाली काँग्रेस अब सडकमा उत्रने छ र सिंगो नेकपाको भण्डाफोर गर्नेछ । हामी प्रतिपक्षीको हैसियतमा रहिरहँदा लोकतन्त्रविरुद्ध भएका गतिविधिहरु हाम्रा लागि सैह््य हुने छैन ।

नेपाली काँग्रेस सँधै लोेकतान्त्रिक मूल्य–मान्यताको पक्षमा रहने हुँदा लोकतान्त्रिक मूल्य–मान्यता स्थापित गराउन काँग्रेस सँधै कम्मर कसेर लागि पर्दछ । त्यसैले हाम्रा बाँकेका जिल्ला सभापति विरुद्ध गरिएको षड्यन्त्रलाई पर्दाफास गरेर नै छोड्छौ ? यदि दोषीमाथि कार्वाही नभए सडकदेखि संसदसम्म अवरुद्ध गर्नेछौं । अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत मेरा भनाई राख्ने मौका दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद ।

सम्बन्धित समाचार

Winmate88 – Fast‑Paced Gaming for the Modern Player
  • २०७६ भाद्र ३०, ०६: ४३

1. The Pulse of Quick Play When you launch Winmate88 on a phone that’s already buzzing with notifications, you’re stepping...

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७६ भाद्र ३०, ०६: ४३

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
  • २०७६ भाद्र ३०, ०६: ४३

१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...