काँग्रेस यतिखेर प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेकोले अफ्ना उम्मेदवारहरुलाई जिताउनु आम कार्यकर्ताको कर्तव्य हुनेछ – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

काँग्रेस यतिखेर प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेकोले अफ्ना उम्मेदवारहरुलाई जिताउनु आम कार्यकर्ताको कर्तव्य हुनेछ

मिन विश्वकर्मा
नेता, नेपाली काँग्रेस

नेपालीहरुको महान् चाड वडादशै, तिहार, नेपाल सम्वत्, छठपर्व पनि सकिएको छ । राजनीतिक दलहरुका नेता तथा कार्यकर्ताहरु चाडपर्व सकाएर आ–आफ्नो कर्मथलोतिर लाग्दै व्यस्त हुन थालेका छन् ।

राजनीतिक दलका नेताहरुका कोठे बैठकदेखि लिएर पार्टीका बैठकहरु सुरु भईरहेका छन् । आउँदै गरेको उपनिर्वाचनमा राजनीतिक दलहरुबीच कस–कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल सुरु भएको छ ।

नेकपाको कास्की जिल्ला कमिटिले गरेको निर्णय प्रदेश कमिटिले उल्ट्याइ दिएको छ । काँग्रेसभित्र पनि उम्मेदवार छनौटका बारेमा चर्चा–परिचर्चा चलिरहेका छन् । काँग्रेसले धरान नगरपालिकाको मेयर पदको लागि तिलक राईको नाम भने टुङ्ग्याएको छ ।

संघीय उपनिर्वाचनको प्रमुख केन्द्रको रुपमा रहेको कास्कीको निर्वाचनमा राजनीतिक दलहरुबीच उम्मेदवारका बारेमा निकै ठूलो बहस चलिरहेको छ । यिनै समसामयिक विषयलाई लिएर हाम्रा विशेष संवाददाताले नेपाली काँग्रेसका नेता मिन विश्वकर्मासँग गरेको कुराकानीको सम्पादीत अंशः

नेपाली काँग्रेस पार्टीले पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेरिरहेको छ ?
नेपालको राजनैतिक प्रणाली माथिनै प्रहार भइरहँदा संविधानले निर्दिष्ट गरेका कार्यहरुसमेत जसरी कार्यान्वयन गर्न सक्नुपथ्र्यो, त्यो नगर्दा देशको आर्थिक स्थिति समेत डामाडोल हुन पुगेको छ । सरकारले समृद्धिको नारा लगाएता पनि आर्थिक समृद्धितर्फ मुलुक जानेगरी राष्ट्रिय बजेट विनियोजन हुन नसक्नु, आर्थिक कार्यान्वयन पारदर्शी ढंगले हुन नसक्नु जस्ता कुराहरुबाट नेपाली काँग्रेस पार्टी अहिले निकै चिन्तित हुन पुगेको छ ।

नेपाली काँग्रेसले मुलुकको समग्र राजनीतिक तवरबाट अहिलेको परिस्थिति मुलुकलाई कसरी सहज परिस्थितितर्फ लैजाने भन्ने बारेमा आन्तरिक र बाह्य रुपमा अन्य दलहरुसँग पनि छलफल, परामर्श प्रारम्भ गर्दै मुलुकका बारेमा निकै गम्भीर भएर सोचिरहेको छ ।

उपनिर्वाचन नजिकिदै गर्दा काँग्रेसले उम्मेदवारी चयन गर्दा नेताहरुबीच सहमति गरेर गर्लान् ?
नेपाली काँग्रेसले आउँदै गरेको उपनिर्वाचनमा प्रस्तुत गर्ने उम्मेदवारहरुको बारेमा खासै पार्टीभित्रर बाहिर त्यति धेरै ठूलो असहमति र विमति छ भन्ने मलाई लाग्दैन । किनभने काँग्रेस यतिखेर प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको हुँदा आफ्ना उम्मेदवारहरुलाई जिताउनु आम कार्यकर्ताको कर्तव्य हुनेछ । त्यसैले उपनिर्वाचनमा प्रस्तुत गर्ने उम्मेदवारका बारेमा काँग्रेस पार्टीभित्र खासै विमति देखिदैन । यसमा काँग्रेस विवादित हुन्छ भन्ने लाग्दैन ।

हामीले एक मतले उम्मेदवार चयन गर्नेछौं । सँगसँगै समसामयिकराजनीतिका बारेमा पनि प्रस्ताव प्रस्तुत गरेर सो प्रस्तावमा पनि हामी छलफल गर्नेछौं । मैले अघि पनि भने नेपाली काँग्रेस पार्टी यतिबेला मात्रै होइन । जतिबेला नेपालको राजनीतिक समस्याहरु उत्पन्न हुन्छन् ।

त्यतिबेला मुलुकको असहज परिस्थितिको सामना गर्न काँग्रेस सक्छ । सँधै यस्तो असहज परिस्थितिमा जिम्मेवार भएर काँग्रेस पार्टीले समस्या समाधान गर्नेतर्फ लागेको इतिहास तपाई हाम्रो अगाडि छँदैछ ।

त्यसैले यस्तो परिस्थिति सिर्जना भइरहँदा हामीले नचाहादा नचाहादै पनि नयाँ बनेको राजनीतिक समिकरणबाट अब मुलुकमा स्थायित्व आउने आम जनताले आशा गरेका भएता पनि परिस्थिति अहिले उल्टो बन्दै गएकोे छ । उल्टो परिस्थितिबाट नेकपाले चुनाव जित्यो र चुनाव जितेपछि स्वभाविक हिसाबले हामीलाई थाहा थियो कि संसारमै कम्युनिष्टले सरकार चलाउँदा एकलौटी ढंगले जान्छ । मुलुक ठिक गतिमा जाँदैन भनेर हामीले भनेकै थियौं ।

जनतालाई त्यतिबेला हामीले बुझाउन सकेनौ । अहिले आएर आमनेपाली जनताले त्यो कुरा बुझेका छन् । सबैले पश्चाताप गरिराखेको अवस्था आएको हुनाले अब यसको जिम्मेवारी नेपाली काँग्रेस पार्टीले लिन्छ र नेपाली काँग्रेसले नै देशको राजनीतिक बाटोलाई साझेदारी गरेर काँग्रेसले जिम्मेवारीपूर्वक अगाडि बढ्छ ।

आउँदै गरेको उपनिर्वाचनमा अन्य पार्टीहरुसँग गठबन्धन गरेर जाने सम्भावना कतिको छ ?
यो उपनिर्वाचन हो । राष्ट्रिय निर्वाचन भइराखेको छैन । ठाउँ–ठाउँमा हुने ५० वटा जति सिटमा निर्वाचन हुने भएको हुनाले तत्तत् ठाउँमा जहाँजहाँ आवश्यकता पर्छ । जहाँजहाँ साझेदारी हुन सक्छ हामी त्यहाँ साझेदारी गर्ने बारेमा छलफल भइरहेको छ । यहि दलसँग गर्छौ भन्ने छैन् । नेकपासँग हुने कुरानै भएन । हाम्रो साझेदारी कहिपनि नेकपासँग हुँदैन ।

लोकतान्त्रिक शक्तिहरुसँग कुनैपनि स्थानीय राजनीतिक शक्तिहरुसँग हामी साझेदारी गर्न पनि सक्छौं । कहिकहि नेपाली काँग्रेस एक्लै पनि प्रतिस्प्रस्र्धा गर्न सक्षम भएको पार्टी हुनाले स्थानीय अनुकूलतालाई मध्यनजर गर्दै साझेदारी वा एक्लै निर्वाचनमा प्रस्तुत हुनेछौं । यसको अन्तिम टुङ्गो बैठकबाटै लाग्छ । झण्डै डेढ दर्जन साथीहरुको नाम प्रस्तावित भएको छ ।

लोकप्रिय नेता साथीहरुकै नाम अगाडि आएको छ । एउटा नाम प्रस्तावित भएको छ । लोकप्रिय नेता साथीहरुकै नाम अगाडि आएको हुनाले लोकप्रियलेनै लोकप्रियलाईनै टिकट दिनुपर्छ । तरपनि पार्टीभित्र स्थानीय साथीहरुले स्थानीय साथीहरुलाई दिनुपर्छ भन्ने छ भने अर्को मत राष्ट्रिय व्यक्तित्व ल्याएर कास्कीमा चुनावमा लडाउनुपर्छ भन्ने पनि छ । कास्की नेपालकै काठमाडौं पछिको अर्को महत्वपूर्ण स्थान हो । त्यसो भएको हुनाले कास्कीका जनताहरु अत्यन्त निराश बनेका छन् । नेकपाले पटक–पटक झुक्याएको छ, अल्मलाएको छ ।

त्यो अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र पनि भएको हुनाले कम्युनिष्टले चु्नाव जित्ने होइन त्यहाँ लोकतान्त्रिक शक्तिले चुनाव जित्नुपर्छ भन्ने कास्कीकै जनताको भित्रि भावना भएको हुनाले चुनाव जित्ने राष्ट्रिय व्यक्तित्व ल्याएर त्यसलाई अन्तर्राष्ट्रिय रुपमा प्रभावित गर्दै आकर्षित गर्ने भन्ने स्थानीय वासीहरुको धारणा पनि उत्तिकै बलियो भएको हुनाले अहिले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमाराष्ट्रिय व्यक्तित्व भनेर कास्की भन्दा बाहिरका कुनै व्यक्ति जाने वा कि स्थानीय व्यक्तिलाईनै महत्व दिएर उहाँहरुलाईनै प्राथमिकता साथ उम्मेदवार बनाउने भन्ने दुई मत छ । त्यो मत भित्रमा डेढ दर्जन जति साथीहरुको नाम आएको छ । केन्द्रीय कार्यसमितिले नै त्यसको टुङ्गो लगाउने तयारीमा छ ।

त्यसोभए तपाईको विचारमा कास्की जस्तो संवेदनशील स्थानमा शिर्ष नेताहरुलाईनै उम्मेदवारी बनाउने पक्ष बलियो होला कि, स्थानीय नेताहरुलेनै अवसर पाउने सम्भावना देख्नुहुन्छ ?
शिर्ष नेता त्यहाँ जानु हुने छैन । त्यहाँ लोकप्रिय नेताहरु स्थानीय वा त्यही भेगका त्यही भेग भन्नाले गण्डकी प्रदेश भित्रका लोकप्रिय नेताहरु जानुहुने छ र चुनाव जित्ने नेता नै त्यहाँको उम्मेदवार बन्नु हुनेछ ।

केन्द्रीय नेता एवम् चर्चित नेता धनराज गुरुङ्गलाई उम्मेदवार बनाउने सम्भावना कत्तिको देखिन्छ ?
उहाँको सम्भावना पनि छ । उहाँको नाम पनि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमाराम्रो छवि भएका प्रखर वक्ता, जनप्रिय, लोकप्रिय नेता भएको हुनाले उहाँको नाम पनि उत्तिकै चर्चामा छ । स्थानीय वासीहरुले पनि उहाँलाई नरुचाएका होइनन् ।

माग गरिराख्नुनै भएको छ । सँगसँगै स्थानीय नेताहरुले पनि आफ्नो आकांक्षाहरु देखाइरहनु भएको हुनाले अब नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिमा क–कसको प्रभावकारिता, लोकप्रियता, जनतामा गएर लगनशीलता, त्यहाँको स्थानीय आवश्यकता विविध पक्षहरुलाई विश्लेषण गरेर कार्यसमितिमा खुल्ला रुपले छलफल गरेर स्थानीय वासीका विगतका अनुभवहरुलाई पनि मध्यनजर गर्दै उम्मेदवार छनौट गर्छौर त्यो गरिएको उम्मेदवार छनौटमा कुनै विमति वा विरोध हुने छैन ।

मुलुकमा दुई तिहाइको सरकार बनिसकेको अवस्थामा पनि सँधै अन्यौलता र अस्थिरता किन बढिरहेको होला भन्ने लाग्छ ?
अहिले मुलुक अद्योगतितर्फ गइराखेको छ । मुलुक बर्वादीतर्फ यो सरकारले लगि राखेको छ । हत्या, हिंसार बलात्कारका घटनाहरु बढिराखेका छन् । भ्रष्टाचार दिनानुदिन बढिराखेको छ । यो बेला नेपाली काँग्रेस आन्तरिक विषयहरुमा रुमलिएर बस्नु हुँदैन । त्यसैले सानातिना कुराहरुमा नअल्मलिएर मुख्य राष्ट्रिय राजनीतिक विषयलाई विशेष प्राथमिकतामा राख्दै प्रमुख प्रतिपक्षी दलको भूमिका निभाउन सक्नु पर्दछ ।

नेपाली काँग्रेस अलग बसेको जस्तो देखिनु हुँदै हुँदैन भन्ने कुरामा तपाईको भनाइसँग म शतप्रतिशत सहमत छु । काँग्रेसको नेतृत्वले सभापतिले चाहाँदा चाहाँदै पनि विभागहरुले गर्नुपर्ने केही कामहरु हुन सकेका छैनन् । त्यसैले पनि उहाँ छटपटिरहनु भएको छ । तर उहाँले त्यो आफूले गर्नुपर्ने काम गर्न नपाउँदा खेरीको जुन परिस्थिति छ, त्यो परिस्थितिलाई पन्छाएर एउटा सफलर सहज वातावरण बनाउन नसक्नुु उहाँका पनि केही कमिकमजोरी देखिएका छन् ।

यि सबै कुराहरुलाई केन्द्रीय कार्यसमितिभित्र अब कुनैपनि समय विलम्ब नगरिकन कतैपनि नअल्मल्लिकन सरासर यि कामहरु सक्दैराष्ट्रियराजनीतिमा नेपाली काँग्रेस पार्टी एक नम्बरको अब्बल दर्जाको पार्टी बनेर जनताका सबै समस्याहरुलाई सम्बोधन गर्नेगरी मुल पार्टीका रुपमा नेपाली काँग्रेस आएमा मात्र मुलुक सम्वृद्धितर्फ अगाडि बढ्न सक्छ ।

यदि नेपाली काँग्रेसले यो जिम्मेवारी सम्हालेन भने मुलुकमा अर्को नयाँ पार्टी आउँलार गर्देला भन्ने अहिले तत्काल आशा पनि गर्ने अवस्था नरहेको हुनाले काँग्रेस नेपाली जनताबाट टाढा हुन सक्दैन । नेपाली काँग्रेस जिम्मेवारीबाट पछाडि हट्न पाउँदैन । जनताका समस्या समाधान गर्न नेपाली काँग्रेस निरन्तर लागिरहनु पर्ने छ । नेपाली काँग्रेसलाई एक नम्बरको पार्टीमा परिणत गरेर मुलुकको समस्या समाधान गर्नुपर्छ ।

त्यसका लागि हामी काँग्रेसले पनि र अरु लोकतन्त्रवादी शक्तिहरुले पनि नेपालको राजनीतिमा सरोकार राख्ने देशी–विदेशी अथवा आन्तरिक, बाह्य जो–कसैले पनि अब मुलुक बलियो बनाउनलाई काँग्रेस बलियो बनाउनुको विकल्प छैन भन्ने कुरा सबैतिरबाट आइरहेको हुँदा काँग्रेस निश्चित रुपमा सानातिना मतभेदलाई त्यागेर अगाडि बढ्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति पटक–पटक बिग्रिएको भनेर अहिले टिका टिप्पणी निकै आइरहेका छन्, यस विषयमा तपाईलाई के लाग्छ ?
प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा केही टिकाटिप्पणी छैन । कसैले पनि केही सामाजिक सञ्जालमा वा पत्रपत्रिका व्यक्त गरेका प्रतिक्रियाले नकारात्मक अर्थ लाग्यो भनेपनि गल्ती हुनेछ । कुनैपनि व्यक्तिको स्वास्थ्य त्यो व्यक्तिको आफ्नो काबुमा हुँदैन । त्यसैले प्रधानमन्त्रीको स्वास्थ्यप्रति नेपाली काँग्रेस गम्भीर छ । यसकारण पनि कि उहाँ एउटा व्यक्ति मात्रै होइन । व्यक्ति मात्रै हुँदापनि नेपाली काँग्रेस गम्भीर हुन्छ ।

कसैले स्वास्थ्यको कारणले गर्दा उहाँमाथि नकारात्मक टिप्पणी गर्नुराम्रो होइन भन्ने नेपाली काँग्रेसको धारणा हो । त्यसमा पनि उहाँ प्रधानमन्त्री भएको हुनाले उहाँको स्वास्थ्य सँधै तन्दुरुस्त हुनुपर्छ । मुलुकको भविष्यका लागि, जनताका लागि पनि । मुख्य कारण के छ भने उहाँ लामो समयदेखि बिरामी भएर थलिनु भएको छ । उहाँरोगी हुनुहुन्छ । उहाँको रोगको उपचार बारम्बार भइराखेको छ । तर उहाँकै पार्टीभित्र पनि आन्तरिक कारणले गर्दा उहाँले पालो पाइराख्नु भएको छैन । उहाँले विश्राम गर्न पाउनु भएको छैन ।

त्यसैले हामी के चाहन्छौं भने प्रधानमन्त्री पूर्ण रुपले स्वास्थ्य लाभ गरिसके पछि उहाँलाई आफ्नो स्वास्थ्य तन्दुरुस्त भइसकेपछि उहाँ काममा फर्किने गरि केही समय उहाँले आफ्नो जिम्मेवारीबाट अलगिएर बाहिर बसेर पूर्ण रुपले उपचार गराइ सकेर जिम्मेवारी सम्हाल्दा राम्रो होला । त्यसैले हामी उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्छौ ।

उहाँ बिरामी भएर उपचार गराइ रहँदाको अवस्थामा कहिले काही आकस्मिक बिरामी भएर उपचार गराउँदाकोर नियमित बिरामीनैर उपचार ज्यादार काम कम भएको अवस्था हुँदा उहाँको जुन आकांक्षा जुन द्रुत गतिमा मुलुक अगाडि बढ्नुपर्ने छ, त्यसमा कतै बाधा परेको होकी भनेर उहाँले केही समय स्वास्थ्य लाभ गर्नका लागि आराम गर्नका लागि बस्दा पनिराम्रै हुन्छ ।
त्यसोभए नेपाली काँग्रेसको आधिकारिक भनाई प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्ने हो त ?
होइन । पटक्कै त्यस्तो होइन । हामीले के बुझेका छौं भने अहिले पनि सुन्दाखेरी उहाँ अस्पतालबाट निवासमा फर्किदा बित्तिकै उहाँ त्यति खट्नु हुन्छ कि उहाँराति २ बजेमात्रै सुत्नुहुन्छ ।

काम गर्नुहुन्छ वा के गर्नुहुन्छ, त्यसको परिणाम त अझै बाहिर देखिएको छैन । तर उहाँ आराम कम गर्ने, भेटघाट ज्यादा गर्ने भएको हुनाले मुलुकको काम पनि नहुनेर उहाँको स्वास्थ्य लाभ पनि नहुने अवस्थामा हामीले दुई वटा कुरा अपेक्षा गर्नुपर्छ ।

उहाँको स्वास्थ्य ठिक होस् । मुलुकले गर्नुपर्ने कामहरु नियमित हुन् भन्ने हो । हामीले पवित्र मनले के कामना गर्छौ भने उहाँले स्वास्थ्य लाभ गर्नका लागि केही दिन विश्राम गर्नुस् आराम गर्नुस् भन्ने हो ।
अन्तमा केही भन्नु छ की ?
तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक सँधै लोकतान्त्रिक मूल्य–मान्यतामा अडिक रहँदै आएको हुँदा मुलुकको लोकतान्त्रिक प्रणाली बचाउन यसको प्रमुख भूमिका रहेको हुँदा यसको निरन्तरताको लागि शुभकामना व्यक्त गर्दै मेरो समसामयिक विचार प्रवाह गरिदिनु भएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु ।

सम्बन्धित समाचार

AtlanticAce Casino im Praxistest: Lohnt sich der Hype um die 10.000 Spiele?
  • २०७६ कार्तिक १९, ०८: ४२

Mein ehrlicher Test von AtlanticAce Casino. Ist die riesige Spielauswahl echt oder nur Fassade? Alles zu Bonus, Limits und Sicherheit...

Понимание систем джекпотов в 1win казино
  • २०७६ कार्तिक १९, ०८: ४२

Понимание систем джекпотов в 1win казино Меня зовут Алексей Николаев, и сегодня я расскажу вам о 1win казино и его...

Artofzeus: eine Plattform unter deutschen Glücksspielvorgaben
  • २०७६ कार्तिक १९, ०८: ४२

Artofzeus positioniert sich als Plattform für kontrolliertes Spiel. Analyse von Merkmalen, Limits und Angebot für deutsche Spieler.