झापा गौरादहका साहले गरे आत्महत्या – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

झापा गौरादहका साहले गरे आत्महत्या

दमक। झापाको गौरादह नगरपालिका वडा नम्वर १ का एक युवकले मंगलबार बिहान आत्मदाह गरेका छन्।

गौरादह नगपालिका १ का ३५ वर्षि रोहन साहले घरको आफू सुतेकै कोठामा शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन्।

गौरादह बजार निवासी सत्यनारायणका छोरा रोसनले आज विहानै ४ बजेतिर आत्महत्या गरेको स्थानीयले बताएका छन्। चार वर्षअघि विवाह गरेका रोसनको एक छोरा छन्।

इलाका प्रहरी कार्यालय दमकका अनुसार विगत दुई–तीन वर्षदेखि डिप्रेसनका विरामी रहेका थिए। उनकी श्रीमती कामको सिलसिलामा विराटनगरमा भएका बेला साहले आत्मदाह गरेका हुन।

सुत्ने कोठामा डढेको अवस्थामा प्लास्टिकको जर्किन भेटिएको र उक्त जर्किनमा कुन तरल पदार्थ थियो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ। घटनाको प्रहरीले अनुसन्धान थालेको छ।

सम्बन्धित समाचार

Retiros y verificación en 55Bet Casino: plazos y límites de 10.000 € al día
  • २०८० असार २६, १५: २८

diariovivo.es permite retirar hasta 10.000 € diarios y mantiene el chat en vivo abierto antes y después del registro, pero...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० असार २६, १५: २८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८० असार २६, १५: २८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...