
संसद्बाट निर्वाचित सभामुख कृष्णबहादुर महरा रोशनी काण्डमा मुछिएपछि खाली भएको सभामुख पद निकै लामो समयसम्म परिपूर्ति हुन सकेको छैन । नेपाको दुई अध्यक्षकाबीच विवाद बल्झदै जाँदा सभामुखकको चयन हुन ढिलाई भइरहेको छ ।
नेकपाका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई अगाडि सारेका छन् भने नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख सुवाचन्द्र नेम्वाङलाई मानिरहेको अवस्था देखिदैन । दुई नेताका विवादका कारण सिंगो संसद अनिर्णयको बन्धक बन्दै गइरहेको छ ।
संवैधानिक प्रावधानअनुसार संसदमा पास भएका विधेयकहरु सभामुखमार्फत् राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने कार्य समेत अवरोध भएको छ । समृद्ध नेपाल र सुखी नेपालको सपना बाँड्दै हिँडेका केपी ओली शर्मा र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख चयन विवाद बढ्दै जाँदा पूर्व माओवादी नेताहरुसमेत पूर्व एमालेहरुसँग त्रसित बन्द गइरहेका छन् । संसद्मा सभामुख चयन र सरकारका बारेमा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीसँग नयाँ विकल्प साप्ताहिकका लागि हाम्रा विशेष संवाददाताले गरेका कुराकानीको सम्पादीत अंशः
वर्तमान ससंदले सभामुख चयन गर्न नसकिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल हामीलाई दिएमा चलाउन सक्छौ भन्ने काँग्रेस सभापति शेरबहादुर देउवाको प्रस्ताव सरकारले मान्ला ?
सरकारले जनताको पक्षमा काम गर्न पनि नसक्ने, यति लामो समयसम्म सभामुख चयन गर्न पनि नसक्ने, संसदलाई अनिर्णयको बन्दी बनाउनेले सरकार राम्ररी चलाउँलान् भनेर कसरी विश्वास गर्नु ? देशमा यसरीनै अन्यौलता बढ्दै गयो भने यो देशको सुरक्षा कसरी होला ? लोकतन्त्रको समेत यो सरकारले खिल्ली उडाएको अवस्थामा संविधान समेत असुरक्षित हुँदै गएको छ । त्यसैले लोकतन्त्रको सम्बद्र्धन र संविधानको रक्षा गर्न नसक्ने सरकार धेरै दिन बसिरह्यो भने देशमा अन्यौलता बढ्दै जान्छ ।
त्यसैले लोकतन्त्रभन्दा ठुलो देश, देश रहे राजनीतिक दलहरु रहने हो राजनीतिक पार्टी सुदृढ हुने हो र त्यही राजनीतिक दलहरुले लोकतान्त्रिक परिपार्टीमा रहेर सरकार चलाउने हो । त्यसैले अहिलेको सरकारले आफूखुसी गरिरहेका कामहरुको जनताले नजिकबाट नियालीरहेका छन् ।
तपाईको पार्टी सभापति शेरबहादुर देउवाले भन्दैमा किन सभामुख दिने ? फेरी संसदमा तपाईहरुसँग बहुमत पनि छैन, होइन र ?
नेपाली काँग्रेस पार्टीले पाउने नपाउने भन्दा पनि पार्टी सभापतिले अहिलेसम्म दुई तिहाई पाएको सरकारले सभामुख पनि छान्न नसकेर संसद्लाई बन्दक बनाउनु भन्दा अरुलाई दिएर भएपनि संसद् चलाउनुप¥यो भनेर भन्नुभएको हो । यदि यो सरकारले संसद्लाई अन्यौलतामै राखिरहन्छ भने हामी त्यसको निकास दिन सक्छौं भनेर पार्टी सभापतिले भन्नुभएको होला । निकास दिन नसक्ने सरकारले जनताको पक्षमा काम गर्न सक्दैन भन्ने हाम्रो निश्कर्ष हो ।
यति लामो समयसम्म सभामुख चयन हुन नसक्दा संसद्मा दर्ता भएका विद्येयकहरु प्रमाणित हुन नसकिरहेको अवस्थामा तपाईके पार्टी नेपाली काँग्रेस के हेरेर बसेको छ ?
वर्तमान संसद्मा नेपाली काँग्रेसको बहुमत नभएको हुँदा यसमा काँग्रेस संसदीय दलको त्यति धेरै ठुलो भुमिका हुँदैन । यो त वर्तमान सरकारले गर्ने प्रक्रियाभित्रका कुरा हुन् हो । संवैधानिक व्यवस्थाअनुसार उपसभामुख विपक्षी दलको हुने भएका कारणले संसद्मा तमाम सांसदले प्रमुख प्रतिपक्षी दल काँग्रेसलाई दिनुपर्छ भन्ने मान्यता अनुसार अन्य राजनीतिक दलले समेत भनिरहेको कुरा सरकारले सुनिरहेको छैन । सत्य कुरा यही हो । अहिले संसद्मा हाम्रो बहुमत छैन । हामीले त्यहाँ कतिनै ठुलो भुमिका राख्न सक्छौं ? हामीले हाम्रा कुरा तार्किकपूर्ण तरिकाले राख्ने हो ।
नेपालको विकास र समृद्धिको कुरा गर्दा अर्थतन्त्र कमजोर भयो भनेर तथ्यांकहरु आइरहेका छन् तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भूमिका त्यति धेरै देखिदैन किन ?
आर्थिक हिसाबले हेर्ने हो भने अहिले पनि एक खर्ब विकास बजेट बैंकमानै थन्किएर बसेको छ । नेपालको वर्तमान सरकार मजबुत सरकार हो तर यो धेरै बोलेर समय बर्बाद गरिरहेको छ । नेताहरु भाषणमा मात्र सुखी र समृद्ध नेपालको नारा लिएर हिँड्नु भएको छ । विकास गर्ने कसरी भनेर उहाँहरुलाई थाहानै नभएको जस्तो देखिएको छ । त्यसैले उहाँहरुले विकास खर्च बजेट पनि खर्च गर्न सक्नु भएन । अर्को कुरा उहाँहरु यति ठुलो भ्रष्टाचारमा सामेल हुँदै जानुभयो, भ्रष्टाचार न्युनीकरण गर्नुभन्दा बढ्दै गएको कुरा अहिले तपाईहरुजस्तै पत्रकारहरुले उठाइरहनु भएको छ ।
अहिले समाचारहरु भ्रष्टाचार, बलात्कार, हत्या, हिंसाको मात्रै सुनिन थालेको छ । अनावश्यक कुराहरुमात्रै सरकारका नेताहरुको मुखबाट सुन्न थालेका छौं । संवैधनिक अंगको रुपमा रहेको अख्तियार निवारण आयोगलेनै स्थानीय तहदेखि माथिल्लो तहसम्म भ्रष्टाचार बढ्दै गएको सुचांकहरु देखाइरहेको छ । हामीले नेपालका प्रायजस्तो मिडियाहरुमा भ्रष्टाचार, हत्या, हिंसा, बलात्कारका घट्नाहरु बारम्बार भइरहेको कुरा देखिरहेका छौं । तर वर्तमान सरकार हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार न्यूनीकरण गर्नपटि लागेको पटक्कै देखिदैन । त्यसैले यो सरकारले जनताको कुरा पटक्कै सुन्न छाडेको छ । नेपाली जनताको निम्ति केही पनि नयाँ कुरा दिन सकेको जस्तो मलाई लाग्दैन । तसर्थ यस्तो तरिकाले देश चल्दैन । यो त के भइरहेको छ भने संसदलाई बन्दक बनाउने, नचाहिने काम गर्ने, प्रधानमन्त्री बिरामी हुनुहुन्छ ।
यसबाट नाजायज फाइदा उठाउने काम भन्दा अरु काम यो सरकारबाट भएको देखिदैन । त्यसैले पुराना कम्युनिष्ट नेताहरु जो हुनुहुन्छ, उहाँहरुले पनि यो सरकारको धेरै कुरा बुझ्न सक्नुभएको छ जस्तो लाग्दैन । कम्युनिष्ट आन्दोलनका अग्रज नेताहरुले समेत धेरै कुराहरु बुझ्नुपर्ने दिन आएको जस्तो मलाई लाग्छ ।
भ्रष्टाचार न्यूनीकरण गर्न अख्तियार निर्माण आयोगले थप ऐन कानुनको अधिकार खोजिरहेको कुरालाई तपाई नेपाली काँग्रेसको नेताले कुन रुपले हेरिरहनु भएको छ ?
अधिकारको मात्र कुरा गरेर हुँदैन । जिम्मेवारी वहन राम्रोसँग गर्नुपर्छ । जसलाई पनि अधिकार चाहिने तर राम्रो काम नहुने भएको अधिकारलाई राम्रोसँग प्रयोग गरेर काम गर्न कसले रोक्यो । अहिलेकै अवस्थामा बालुवाटार जग्गा प्रकरणदेखि, वाइडवडी जहाज खरिद प्रकरणसम्म यति ठुलो भ्रष्टाचार बाहिर आइसक्दा पनि अख्तियारलाई भ्रष्टाचारको मुद्दा अगाडि बढाउन कसले राक्यो ?
थुप्रै ठुला भ्रष्टाचारका मुद्दाहरु अगाडि बढाउन अख्तियारलाई कसले रोकेको छ ? एक हजार घुस खाएको मान्छे ४२ दिसम्म थुनिएर आत्महत्या गर्नुपर्ने बाध्यता भएको तर यहाँ देशनै लुट्नेहरुलाई कारवाही कही कतैबाट हुँदैन । त्यसैले अधिकारको कुरा मात्र गरेर हुन्न भन्ने मलाई लाग्छ ।
तपाईले जिम्मेवारीको कुरा गर्दा नेपाली काँग्रेस पार्टीकै नेताहरु पनि ठुलाठुला भ्रष्टाचारमा फसेका छन् भन्ने कुरा पनि बेलाबेलामा आउने गर्छ, यसलाई तपाई के भन्नुहुन्छ ?
मैले त बारम्बार भनिरहेको नै हुन्छु कि निश्पक्ष छानविन गरौं । नेपाली काँग्रेस पार्टीका नेताहरु पनि यसमा छन् भने उनीहरुलाई पनि कारवाही गर्नुपर्छ । कम्युनिष्ट पार्टीका भ्रष्ट नेताहरुलाई पनि कारवाही गर्नुपर्छ । बाहिर कुनै कर्मचारी छन् भने पनि कारवाही गर्नुपर्छ ।
देशका सामुन्ने भ्रष्टाचार गर्ने भ्रष्टहरु यि कसैका नेता पनि होइनन् । यिनीहरुलाई राज्यले कारवाही गर्न सक्नुपर्छ, गर्नुपर्छ । एक थरीलाई कारवाही गर्ने र अर्को थरिलाई कारवाही नगर्ने हो भने त्यो निश्पक्ष हुँदैन । कारवाही सिंहदरबारबाटै सुरु हुनुपर्छ । एउटा सामान्य गाउँको कर्मचारी, एउटा दाउरा काट्नेबाट हामीले भ्रष्टाचारको अन्त्य गरेका छौं भन्न पाइदैन ।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले केही दिन अगाडि मात्र द्वन्द्वकालको घटनामा जो–जो मारिए त्यसमध्ये पाँच हजार जनाको मात्र म जिम्मेवारी लिन्छु, अरु चाहिँ तत्कालिन अवस्थाको राजा र राज्य सत्ताले लिनुपर्छ भनेर भनिरहँदा यसमा तपाईलाई के लाग्छ ?
यस्ता कुराहरु गरेर जनताको दुःखेको घाउलाई फेरी कोट्याउनु जस्तै हुन्छ । यदि प्रचण्डजस्तो व्यक्तिले त्यस्तो कुरा भन्नुभएको हो भने त्यो अत्यन्त गैरजिम्मेवारपूर्ण कुरा हो । यस्ता कुराहरु बोल्नु हुँदैन । उहाँ अहिले सत्तामा हुनुहुन्छ ।
जुन परिवार पीडित छन् उहाँको कारणले होस् वा नहोस् एउटा नेताले त्यो घाउ मेटाउनुपर्छ । यस्ता कुराहरु गर्नुहुँदैन । अहिले त मलाई के लागिरहेको छ भने हाम्रो देशमा जो तपाईले देख्नुहुन्छ, शन्यासी त्यहाँबाट फलाउने र तिनका पछाडि मान्छे लागेका हुन्छन् । त्यो शन्यासी म के हुँ ? शन्यासी भनेको अर्थनै थाहा छैन । शन्यासी भनेको विचार दिने हो, ध्यान दिने, त्याग दिने हो । जनतालाई भने एउटा नेता भनेको उसले देश बनाउने हो ।
यि दुईवटा व्यक्तिहरु उनीहरुले आफ्नो कर्तव्य भुले । आफ्नो अर्थ भुले । कर्तव्य भुलेका नेताहरुको बाहुल्यता चाहे शन्यासी हो, चाहे नेता हुन्, यिनको कारणले गर्दा यिनलाई म को हुँ ? भन्ने नै थाहा छैन । त्यसकारण यिनीहरुले जे पनि बोल्ने, जे पनि गर्ने, जसकहाँ पनि जाने यस्तो प्रवृत्ति बढेको छ । यो त बौद्धिक आतंकवाद, नेताको आतंकवाद, छाडा राजनीति र राजनीतिमानै विकृति भयो ।
त्यसैले हाम्रो देशको विकास र समृद्धिको भनेको नेताहरुको भाषणमा मात्रै सीमित भएको जस्तो लाग्छ होइन र ?
स्थानीय तहदेखि प्रदेश तहसम्म कुनै एउटा शिविर चलाएर महिनाको करौडौ रुपैयाँको बिल भूक्तानी गर्नुभन्दा स्थानीय तहदेखिनै स्वास्थ्य संस्थाहरुको निर्माण गरेर स्थानीय तहमै एक्स–रे मेसिन ल्याइदिएको भए, ब्लड टेष्ट गर्ने ल्याब राख्देको भए कति राम्रो हुन्थ्यो ?
मैले यस्तोसम्म देखे कि ५० वटा स्वाथ्य शिविर चलाएर २०÷२१ लाखसम्मको फाइदा खाने स्थानीय तह पनि हामीकहानै देखिन आएका छन् । कमिसन लेभलमा डोजर चलाएर खाने काम भइरहेको छ । मेरो दायित्व यो हो भन्नेनै कसैलाई छैन । तलदेखि माथीसम्म भ्रष्टाचारै भ्रष्टाचार छ । कहाँमात्रै हेर्ने । देशनै भ्रष्टाचारमा चुर्लुम्म डुबिसक्यो ।
स्थानीय तहको कुरा गर्दा उपत्यकाको ललितपुरमा ६६ वटा क्रसर उद्योगहरु सबै अवैद्य छन् भन्ने तर स्थानीय तहबाटै जितेर गएका वडा अध्यक्षकै त्यस्तै दुई वटा अवैद्य क्रसर उद्योग छ सञ्चालनमा छ भन्ने थाहा पाउँदा पाउँदै पनि कारवाही किन हुँदैन ?
त्यसैले त म तपाईहरुलाई भन्दै छु । संस्थागत रुपमा भ्रष्टाचार बढ्दै गएको त यो एउटा सानो उदाहरण मात्रै हो । चुनावको बेला कम्युनिष्ट पार्टीका नेताहरुले जनतासँग भोट मागे धेरै मानिसहरुले कम्युनिष्टहरुलाई भोट दिए । लामो समयसम्म लडेका कार्यकर्ता कम्युनिष्टका सासंद्हरु भएर पनि किन बोल्दैनन् ? यिनीहरु के हुन् ? कम्युनिष्ट पार्टीको कार्यकर्ताले बोल्न पाउँदैनन् ? देशमा यत्रो भ्रष्टाचार हुँदा, पार्टीमाथि कलंक लाग्दाखेरी, आफ्नै नेताहरुमाथि दिनहुँ प्रश्न उठ्दा के कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु चुप लागेर बस्नु लोकतान्त्रिक चरित्र हो र ? यो कुरा हामीले एकदम गम्भीर रुपले उठाउँदै जानुपर्छ र गइरहेका छौं ।
कार्वाही गर्ने निकाय सरकार हो । तर सरकार सुने नसुनेकै गरिरहन्छ । किनकी उनीहरुका कार्यकर्तालेनै भ्रष्टाचारलाई बढवा दिइरहेका छन् । त्यसैले पनि सरकारले काम गर्न नसकेको हो । यति हुँदाहुँदै पनि सरकार असफल हुँदाका दिन काँग्रेसकोे पोल्टामा सरकार आउने होइन । तर राजनीतिक हिसाबले हेर्ने हो भने लोकतन्त्र बचाउने कुरामा काँग्रेस अगाडि बढ्छ । लोकतन्त्र बचाउन हावादारी गफ गरेर हुँदैन ।
संविधानको भावना र मर्मअनुसार काम गर्न सक्नुपर्छ । सरकारमा रहेका अधिकांश नेताहरुले लोकतन्त्रको कुरा गर्ने तर लोकतन्त्रलाई फाइदा हुने कुराको जानकारी नहुने ? यसैले अधिकांश नेताहरुले हावादारी भाषण गरेर जनताको निम्ति भन्दा आफू कसरी पपुलर भइन्छ भनेर बोल्ने बाहेक केही कुरा थाहा छैन । के बोल्ने, के गर्ने भन्ने टुंगो छैन ।
अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !
Casinova im Check: Spielauswahl, Boni, Zahlungen und Schwächen für deutsche Spieler mit Blick auf OASIS, LUGAS und Auszahlungen.
Reseña completa de CoinCasino España: licencia, seguridad, juegos y experiencia real. Análisis veterano de un cripto casino con luces y...
Der er en særlig type spiller, der ikke har tid til langsomme opbygninger eller trukne fortællinger. De vil logge ind,...