प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबको लगातार सातौं जित – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबको लगातार सातौं जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार सातौं जित निकालेको छ । बुधबार रुपन्देहीको एक्स्ट्रा टेक क्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेशलाई ९३ रनले पराजित गर्दै पुलिस क्लबले लगातार सातौं जित निकालेको हो। जीतसँगै पुलिस तालिकाको शीर्ष स्थानमा कायमै छ।

खेलमा पुलिसले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५ दशमलव २ ओभरमा २ सय ४ रनमा समेटियो। बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७० रन जोडे।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको विशाल योगफल तयार गरेको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८८ रन जोडे ।

यस्तै, बागमतीविरुद्ध अमित श्रेष्ठले ४८, आरिफ शेखले ३८, गुलशन झाले १६ तथा दिलिप नाथले १० रन जोडे । बागमतीका लागि प्रतिस जिशीले तीन, रिजन ढकाल, विपिन आचार्य, साकार गजुरेल र इशान पाण्डेले एक/एक विकेट लिए ।

प्रतियोगितामा सात म्याच खेल्दा पुलिस शीर्ष स्थानमा छ । बागमती ६ खेलमा चार अंकका साथ आठौं स्थानमा छ ।

सम्बन्धित समाचार

नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
  • २०८१ चैत्र ७, १८: ३३

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै...

विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
  • २०८१ चैत्र ७, १८: ३३

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु...

लिग-२ मा नेपालको खराब प्रदर्शन
लिग-२ मा नेपालको खराब प्रदर्शन
  • २०८१ चैत्र ७, १८: ३३

काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेदरल्यान्ड्सको...