ट्वान्टी–२० शृंखला पाकिस्तानको कब्जामा,दक्षिण अफ्रिका पराजित – Naya Bikalpa
August 5, 2026, Wednesday      Epaper

ट्वान्टी–२० शृंखला पाकिस्तानको कब्जामा,दक्षिण अफ्रिका पराजित

काठमाडौं ।पाहुना टिम दक्षिण अफ्रिकाकाविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला पाकिस्तानले आफ्नो पक्षमा पारेको छ । शनिबार गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तेस्रो तथा अन्तिम खेलमा पाकिस्तान चार विकेटले विजयी भएसँगै शृंखला २–१ ले जितेको हो ।शृंखलाको पहिलो खेल दक्षिण अफ्रिकाले ५५ रनले जितेको थियो । दोस्रो खेलमा पाकिस्तान नौ विकेटले विजयी भएको थियो ।
शनिबार दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १४० रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । पाकिस्तानको जितमा बाबर आजमले सर्वाधिक ६८ रन बनाए । उनले ४७ बलमा नौ चौका प्रहार गरे । कप्तान सलमान अघाले ३३ र शाहिबजादा फरहानले १९ रन जोडे ।दक्षिण अफ्रिकाका लिजार्ड विलियम र कोर्बिन बोशले समान दुई विकेट लिए । एन्डिल सिमलेन र कप्तान डोनोभान फरेराले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले ३४ रन बनाए । कोर्बिन बोशले अविजित ३०, डोनोभान फरेराले २९, डिवाल्ड ब्रेभिसले २१ र एन्डिले सिमलेनले १३ रनको योगदान गरे ।

पाकिस्तानका साहिन साह अफ्रिदीले तीन विकेट लिए । फहिम अशरफ र उस्मान तारिकले समान दुई विकेट लिए । सलमान मिर्जा र मोहम्मद नवाजले एकरएक विकेट लिए ।

सम्बन्धित समाचार

नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
  • २०८२ कार्तिक १६, १६: ०८

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै...

विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
  • २०८२ कार्तिक १६, १६: ०८

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु...

लिग-२ मा नेपालको खराब प्रदर्शन
लिग-२ मा नेपालको खराब प्रदर्शन
  • २०८२ कार्तिक १६, १६: ०८

काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेदरल्यान्ड्सको...