भारतद्धारा ६१ रनले पाकिस्तान पराजित भएसँगै सुपर ८ मा स्थान पक्का – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

भारतद्धारा ६१ रनले पाकिस्तान पराजित भएसँगै सुपर ८ मा स्थान पक्का

काठमाडौं ।  पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ मा भारतसँग ६१ रनले पराजित भएको छ ।आइतबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालामा भारतले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानलाई सस्तैमा रोक्न भारतका जसप्रीत बुमराह, वरुन चक्रवर्ति र अक्षर पटेलले समान दुई विकेट लिए । हार्दिक पण्ड्या, कुल्दीप यादव र तिलक वर्माले समान एक विकेट लिए । पाकिस्तानका निम्ति पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका उसमान खानले सर्वाधिक ४४ रन बनाए । ३४ बल खेलेका खानले ६ चौका र एक छक्का प्रहार गरे । अविजीत रहेका शाहिन साह अफ्रिदीले २३ रन बनाए । सदाव खानले १४ र फहिम असरफले १० रन जोडे ।

शीर्षक्रम धरमराउँदा ओपनर सैम अयुव ६ रनमा आउट भए । बाबर आजम पाँच रन बनाएर पभेलियन फर्किए । कप्तान सलमान अली आघा र मोहम्मद नवाजले समान चार रन मात्र जोडे । अर्का ओपनर साहिबजादा फरहान शून्यमा आउट भए ।

त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो । भारतका ओपनर इशान किशनले सर्वाधिक ७७ रन बनाए । इशानले ४० बलमा १० चौका र तीन छक्का प्रहार गरे ।

कप्तान सुर्यकुमार यादवले ३२ रन जोडे । २९ बल खेलेका कप्तान यादवले तीन चौका प्रहार गरे । शिभम दुवेले २७ रन बनाए । तिलका वर्माले २५ रन जोडे भने रिंकु सिंहले ११ रन बनाए । ओपनर अभिषेक शर्मा शून्यमा आउट हुँदा पाँचौ नम्बरमा ब्याटिङमा आएका अलराउण्डर हार्दिक पण्ड्या ‘गोल्डेन डक’ आउट भए । पाकिस्तानका सैम आयुवले तीन विकेट लिए । आयुवले चार ओभर बलिङ गर्दा २५ रन खर्चिए ।

कप्तान सलमान अली आघा, शाहिन साह अफ्रिदी, र उसमान तारिकले समान एक विकेट लिए । यो जितसँगै घरेलु टोली भारतले लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’ बाट विश्वकपको सुपर–८ प्रवेश गरेको छ ।

सम्बन्धित समाचार

एनपीएल फाइनल : सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्ने
एनपीएल फाइनल : सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्ने
  • २०८२ फाल्गुन ४, ०९: १४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।...

राखेपले एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्‍यो
राखेपले एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्‍यो
  • २०८२ फाल्गुन ४, ०९: १४

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा...

एनपीएलमा कामिल मिशाराको दोस्रो शतक, इतिहासमा पाँचौँ शतक
एनपीएलमा कामिल मिशाराको दोस्रो शतक, इतिहासमा पाँचौँ शतक
  • २०८२ फाल्गुन ४, ०९: १४

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो शतक प्रहार भएको छ । चितवन राइनोजका कामिल...