एसी मिलानले ११ वर्षपछि जित्यो लिग उपाधि – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एसी मिलानले ११ वर्षपछि जित्यो लिग उपाधि

नयाँ विकल्प,

काठमाडौं – एसी मिलानले ११ वर्षपछि इटालियन सिरी ए फुटबलको उपाधि जित्न सफल भएको छ ।
अन्तिम खेलमा सासोउलोलाई ३-० अन्तरले पराजित गर्दै एसी मिलानले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । यस्तै मिलानले सिरी ए को उपाधि १९ औँ पटक जित्यो ।

मिलानले छिमेकी इन्टर मिलानलाई दुई अंकले पछि पार्‍यो । इन्टरले साम्पडोरियालाई ३-० ले नै हराएपनि उपाधि रक्षा गर्न सकेन ।

एसी मिलानको जितमा ओलिभर जिरुडले दुई तथा फ्रान्क केसीले एक गोल गरे ।

जितपछि मिलानले ३८ खेलमा ८६ अंक जोड्दा इन्टरले ८४ अंक जोडेर दोस्रो स्थानमा लिग सकायो ।

सम्बन्धित समाचार

राखेपले एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्‍यो
राखेपले एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्‍यो
  • २०७९ जेष्ठ ९, ११: ३८

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा...

एनपीएलमा कामिल मिशाराको दोस्रो शतक, इतिहासमा पाँचौँ शतक
एनपीएलमा कामिल मिशाराको दोस्रो शतक, इतिहासमा पाँचौँ शतक
  • २०७९ जेष्ठ ९, ११: ३८

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो शतक प्रहार भएको छ । चितवन राइनोजका कामिल...

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०७९ जेष्ठ ९, ११: ३८

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...