
नयाँ विकल्प,
एजेन्सी – भारतीय पूर्व कप्तान विराट कोहलीको ब्याट मैदानमा मौन हुन सक्छ तर उनले सामाजिक सञ्जालमा चौका र छक्का जम्मा गरिरहेका छन् ।
पछिल्लो दुई वर्षमा उनको ब्याटले कुनै पनि फर्म्याटमा शतक बनाउन सकेन । तर, यो समयमा उनले सामाजिक प्लेटफर्म इन्स्टाग्राममा ठूलो इनिङ खेलेका छन् ।
यस प्लेटफर्ममा विराट कोहलीका २० करोडभन्दा बढी फलोअर्स छन् । उनी २० करोड फलोअर्स भएका विश्वकै पहिलो क्रिकेटर बनेका छन् ।
कोहली दक्षिण अफ्रिका विरुद्ध जुन ९ बाट सुरु हुने टी(२० सिरिजमा टिम इन्डियाको हिस्सा छैनन् तर फ्यानमा उनको क्रेज भने कायमै छ ।
यो उनको फलोअर्स संख्याबाट अनुमान गर्न सकिन्छ। विराट कोहलीले यस सामाजिक प्लेटफर्मबाट एक पोस्टबाट पाँच करोड रुपैयाँ कमाउँछन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा...