गायक रुद्र शेखर शर्मा र गायिका समिक्षा अधिकारिले ल्याए “के छ ओए सन्नानी” – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

गायक रुद्र शेखर शर्मा र गायिका समिक्षा अधिकारिले ल्याए “के छ ओए सन्नानी”

काठमाडौँ– गायक रुद्र शेखर शर्मा र गायिका समिक्षा अधिकारिले ल्याए “के छ ओए सन्नानी” लोकप्रिय गायक रुद्र शेखर शर्मा र सुप्रसिद्द गायिका समिक्षा अधिकारीले गाएको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमभावले भरिपूर्ण गीतमा गीतकार एवं गजलकार शशि शर्मा मजगैयाँको शब्द सिर्जना रहेको छ । “के छ ओए सान्नानी तिम्रो चालिमाली”बोलको गीत शुक्रबार आवाज इन्टरनेशनल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा मजगैयाँले आफै सङ्गीत भरेका छन् ।

गोविन्द अनेकले रेकर्ड गरेको गीतको सङ्गीत सम्योजन बिशाल निरौलाले गरेका छन् । समिक्षा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् भने रुद्र पनि देश विदेशमा रुचाइएका गायक हुन् । रुद्र र समिक्षा निरन्तर सङ्गीत साधनामा लागिरहेका साधक हुन् ।

गजलकार मजगैयाँको प्रकाशोन्मुख नयाँ एल्बमको लागि यो गजल रेकर्ड गरिएको मजगैयाँले बताए । एल्बमको लागि अरु गीत तथा गजलहरु पनि रेकर्डको तयारीमा रहेको उनले जानकारी दिए । क्रान्ति केसीद्वारा निर्देशित गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन् । ललितपुरको बज्रबाराहिमा खिचिएको गीतमा अहिलेका चर्चित मोडेलहरु सुधिर श्रेष्ठ र उषा उप्रेतीले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०८१ चैत्र ११, ०८: ५४

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८१ चैत्र ११, ०८: ५४

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०८१ चैत्र ११, ०८: ५४

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...