काठमाडौं । बेलायतबाट अध्ययन गरेर फर्किपछि सारा सिर्पाइलीलाई चलचित्र रुद्रमा नायिकाको प्रस्ताव आयो । उनले त्यो फिल्ममा नायिकाको भूमिका निर्वाह गरिन् । निखिल उप्रेतीको नायिकाको रुपमा उनी त्यो फिल्ममा सफल भईनन् । फिल्मले राम्रो व्यापार गर्न सकेन् ।
फिल्म रिलिज भएको लामो समयसम्म उनले अर्को फिल्म पाईनन् । साराले फेरी निखिलसँगै अर्को फिल्म ‘पिँजडा व्याक अगेन’मा निखिलकै नायिकाको रुपमा काम गरिन् । यो फिल्म शुक्रबारबाट देशव्यापी प्रदर्शनीमा आयो । फिल्मले रुद्र भन्दा राम्रो व्यापार गरिरहेको छ । पिँजडा व्याक अगेन चलेपछि साराले अन्य नायकसँग काम गर्ने अबसर पाउने भएकी छिन् ।
पिँजडा व्याक अगेनमा साराको राम्रो काम देखेर चलचित्र‘अद्यकट्टी’का निर्देशक सुब्रत आचार्यले नयाँ फिल्म ‘सुश्री सम्पत्ति’मा सारालाई नायिकाको रुपमा अनुवन्धित गरेका छन् । यसपटक साराको नायकमा निखिल नभएर नायक सलोन बस्नेत रहेका छन् । आफ्नो पुस्ताका नायकसँग काम गर्न पाउँदा यी नायिकाले खुसी व्यक्त गरेकी छिन् ।
त्यसो त यो फिल्मका अन्य नायकमा विनोद न्यौपाने, प्रमोद अग्रहरी, विशारद बस्नेत पनि छन् । तथापि आफुलाई सलोनको अभिनय साह्रै मन पर्ने र नयाँ फिल्ममा सलोनकै जोडी भएर काम गर्न पाउँदा रमाईलो अनुभव हुने यी अभिनेत्रीको कथन छ ।
सुरेश अधिकारीको एकल सँगीत रहने यो चलचित्रलाई रमेश त्वायनाले निर्माण गर्दैछन् ।
‘सुश्री सम्पत्ति’को अधिकांश आगामी फागुनबाट पोखरामा हुने भएको छ । सुश्री सम्पत्तिमा अनुबन्धिन भएको एक दुई दिनमा अन्य फिल्मबाट पनि आफुलाई नायिकाको रुपमा प्रस्ताव आएको साराले बताएकी छिन् । यतीबेला सारालाई निखिलको पिँजडा व्याक अगेन फापेको छ ।
काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...
काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...
काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...