पञ्चेबाजामा सौगात नाट्यकर्मी नै – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

पञ्चेबाजामा सौगात नाट्यकर्मी नै

काठमाडौं । अभिनेता सौगात मल्लले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पञ्चेबाजा’मा आफु नाट्यकर्मीको भूमिकामा रहेको बताएका छन् । बिहिबार राधजानीमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले भने,‘मैले लामो समय नाटक अभिनयमा काम गरें । चलचित्र पञ्चेबाजामा पनि यस्तै भूमिका रहेको र त्यो नाट्यकर्मीको चरित्र आफ्नो जस्तो लागेकोले अभिनय गरेको हुँ ।’

आगामी एक वर्षका लागि आफु विभिन्न फिल्ममा आबद्ध भईसकेको भए पनि पञ्चेबाजाको टिम राम्रो लागेकाले यसले अर्को फिल्म बनाए पनि आफु काम गर्न समय निकाल्ने पनि सौगातले बताए । यो फिल्ममा दर्शकले मनोरञ्जनसँगै सन्देश पनि लिने यी अभिनेताको कथन रह्यो ।

आगामी ११ फागुनबाट देशव्यापी प्रदर्शनीमा आउने पञ्चेबाजाका निर्देशक घनश्याम लामिछानेले सो प्रसँगमा सञ्चारकर्मीसँग भने,‘एउटा नाट्यकर्मीको चरित्र तयार भएपछि मैले त्यो भूमिकाको लागि सौगात मल्ल बाहेक अरुलाई देखिन् । उहाँले त्यो भूमिकालाई सोचे भन्दा बढी न्याय गरिदिएकोमा म खुसी छु ।’ सौगातसँगै जस्मिन श्रेष्ठ, कर्मा शाक्य, सृजना सुब्बा सहितको अभिनय रहेको यो चलचित्र पोखरा आसपासका छायाँकन गरिएको र मौलिक नेपाली चलचित्र बनाउने कोशिस गरेको पनि निर्देशक लामिछानेले बताए ।

पत्रकारसँग अभिनेत्री जस्मिनले भनिन्,‘सौगात मल्लको थुप्रै फिल्म हेरेर प्रसँसक भएकी म उहाँसँग काम गर्न आतुर थिए । चलचित्र पञ्चेबाजामा काम गर्दा सौगातबाट धेरै कुरा सिक्ने अबसर पनि पाएँ ।’ पञ्चेबाजाको भूमिकाको लागि अनुप बरालसँग तीन महिना अभिनय सिकेर आएपछि सौगातसँग काम गर्न सजिलो भएको पनि जस्मिनले प्रस्ट पारिन् । यस अघि चलचित्र कबाज, मनको साथी, बीच बाटो निर्माण गरेका राजेश शाहीले पञ्चेबाजा बनाएका हुन् । बिगतका चलचित्र एक्सन प्रधान र प्रेम कथामा आधारित रहे पनि यस पटक ग्रामिण समाजको संस्कृतिलाई समेटेर पञ्चेबाजा बनाएको निर्माता शाहीले प्रकाश पारे । तथापि यो चलचित्र व्यबसायिक र मनोरञ्जन प्रधान रहेको पनि उनले बताए ।

सम्बन्धित समाचार

बलिउड अभिनेता नाना पाटेकरको निधन
बलिउड अभिनेता नाना पाटेकरको निधन
  • २०७४ माघ २२, ०८: ४७

काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...

नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
  • २०७४ माघ २२, ०८: ४७

काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०७४ माघ २२, ०८: ४७

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...