गीतकार सुन्दर पन्तले ल्याए तीज गीत (भिडियोसहित) – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

गीतकार सुन्दर पन्तले ल्याए तीज गीत (भिडियोसहित)

काठमाडौं :
नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसर पारेर गीतकार सुन्दर पन्तले नयाँ तीज गीत ‘कैलाशबाट हामी दुईको सेल्फी हानिदेउ’ हालै युट्युवमा सार्वजनिक भएको छ । उक्त गीत तीजको सन्देशमुलक चेतनायुक्त, विविध सांस्कृतिक पक्षका साथै नारीवादीको भावनाका साथै पारिवारिक परिवेशलाई समेटेर प्रस्तुत गरिएको छ ।

सुन्दर पन्तको शव्द, सुवर्ण श्रेष्टको संगीत रहेको सीमरन परियार र सुन्दर हाङ राईको सुमधुर स्वरमा सुसज्जित तीजको सन्देशमुलक गीत रेकर्डिङ हरि सायमी तथा संगीत संयोजन र मिक्स-मास्टरिङ राजिव शाहले गरेका हुन् । गीत स्ट्रीङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

तारावीर पाण्डेको निर्देशन गीतको भिडियोमा पवित्रा आचार्य (पाओला) र प्रकाश जंग कार्कीले अभिनय रहेको छ । सुनील राउतको छायांकन रहेको भिडियोमा पवित्रा आचार्यकै कोरियोग्राफी रहेको छ । सुशील डाँगीले सम्पादन तथा कलरिङ, निशान एसकेले ग्राफिक्स र रियोन महतले स्टिल फोटोग्राफी तथा श्रृंगार सोम मग्रातीले गरेका छन् ।

वरिष्ठ गायक तथा संगीतकार तारावीर पाण्डेको निर्देशनमा तयार भएको उक्त भिडियो भिडियोमा पवित्रा आचार्य (पाओला)ले कोरियोग्राफी गरेका छन् । उक्त गीत तीजसँग जोडिएका सांस्कृतिक, पारिवारिक र नारी संवेदना तथा चेतनामुलक रुपमा प्रस्तुत गर्ने प्रयास गरेको निर्माता कविता पन्तले बताइन् ।

सम्बन्धित समाचार

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ भाद्र २२, १२: ५१

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

‘लज्जावती’ आजदेखि देशभर प्रदर्शनमा
‘लज्जावती’ आजदेखि देशभर प्रदर्शनमा
  • २०८३ भाद्र २२, १२: ५१

काठमाडौं । प्रेमकथामा आधारित नेपाली चलचित्र ‘लज्जावती’ आजदेखि देशभरका चलचित्र भवनमा प्रदर्शनमा आएको छ। निर्देशक राजबहादुर सानेको निर्देशन तथा कमल...

‘लज्जावती’को ट्रेलर सार्वजनिक, प्रेम, विछोड र संघर्षको कथा २९ साउनदेखि पर्दामा
‘लज्जावती’को ट्रेलर सार्वजनिक, प्रेम, विछोड र संघर्षको कथा २९ साउनदेखि पर्दामा
  • २०८३ भाद्र २२, १२: ५१

काठमाडौं । सिनेमा **‘लज्जावती’**को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले...