गीतकार सुन्दर पन्तले ल्याए तीज गीत (भिडियोसहित) – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

गीतकार सुन्दर पन्तले ल्याए तीज गीत (भिडियोसहित)

काठमाडौं :
नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसर पारेर गीतकार सुन्दर पन्तले नयाँ तीज गीत ‘कैलाशबाट हामी दुईको सेल्फी हानिदेउ’ हालै युट्युवमा सार्वजनिक भएको छ । उक्त गीत तीजको सन्देशमुलक चेतनायुक्त, विविध सांस्कृतिक पक्षका साथै नारीवादीको भावनाका साथै पारिवारिक परिवेशलाई समेटेर प्रस्तुत गरिएको छ ।

सुन्दर पन्तको शव्द, सुवर्ण श्रेष्टको संगीत रहेको सीमरन परियार र सुन्दर हाङ राईको सुमधुर स्वरमा सुसज्जित तीजको सन्देशमुलक गीत रेकर्डिङ हरि सायमी तथा संगीत संयोजन र मिक्स-मास्टरिङ राजिव शाहले गरेका हुन् । गीत स्ट्रीङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

तारावीर पाण्डेको निर्देशन गीतको भिडियोमा पवित्रा आचार्य (पाओला) र प्रकाश जंग कार्कीले अभिनय रहेको छ । सुनील राउतको छायांकन रहेको भिडियोमा पवित्रा आचार्यकै कोरियोग्राफी रहेको छ । सुशील डाँगीले सम्पादन तथा कलरिङ, निशान एसकेले ग्राफिक्स र रियोन महतले स्टिल फोटोग्राफी तथा श्रृंगार सोम मग्रातीले गरेका छन् ।

वरिष्ठ गायक तथा संगीतकार तारावीर पाण्डेको निर्देशनमा तयार भएको उक्त भिडियो भिडियोमा पवित्रा आचार्य (पाओला)ले कोरियोग्राफी गरेका छन् । उक्त गीत तीजसँग जोडिएका सांस्कृतिक, पारिवारिक र नारी संवेदना तथा चेतनामुलक रुपमा प्रस्तुत गर्ने प्रयास गरेको निर्माता कविता पन्तले बताइन् ।

सम्बन्धित समाचार

बलिउड अभिनेता नाना पाटेकरको निधन
बलिउड अभिनेता नाना पाटेकरको निधन
  • २०८३ भाद्र २२, १२: ५१

काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...

नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
  • २०८३ भाद्र २२, १२: ५१

काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०८३ भाद्र २२, १२: ५१

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...