काठमाडौ । नायिका पूर्णिमा लामाले चलचित्र हिरोज निर्माण गरेकी छिन् । हिरोज’को प्रदर्शन मिति तय गरिएको छ । एनबि महर्जनको निर्देशनमा बनेको फिल्म चैत्र २३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने निर्माता एवं अभिनेत्री पूर्णिमाले बताएकी छिन् । फिल्मको द्धन्द्ध शंकर महर्जनले निर्देशन गरेका हुन् ।
नयाँ बर्षको उपहार स्वरुप दर्शकमाझ ल्याउन लागीएको फिल्मप्रति आफू निकै आशावादी रहेको पूर्णीमाले दाबी गरिन् ।
महिला हिंसा, राजनैतिक बिकृति, बेरोजगारीको पीडा, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइने फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।
‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित हिरोजलाई शिब ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् । यो फिल्म कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । हिरोज मनोरञ्जनका भरपुर खजानाले भरिएको निर्देशक महर्जनको दावी छ । ‘हिरोज’ को बितरण श्रीराम बालाजी फिल्म्स्का सुनील मानन्धरले गर्दैछन् ।
काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...
काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...
काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...