अवार्ड प्रदानसँगै सकियो लोक संगीत चलचित्र महोत्सव – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

अवार्ड प्रदानसँगै सकियो लोक संगीत चलचित्र महोत्सव

काठमाडौं । बुधबारबाट राजधानीको जमल स्थित नाचघरमा सुरु भएको ‘सातौं अन्तराष्ट्रिय लोक संगीत चलचित्र महोत्सब–२०१७ अवार्ड प्रदान गर्दै शनिबारबाट सम्पन्न भएको छ । लोकबाजा सँग्रहालय र सांस्कृतिक संस्थानले आयोजना गरेको महोत्सबमा पहिलो दिन विश्वसँगीत माथि बहस भएको थियो । बाँकी तीन दिन फिल्म प्रदर्शनसँगै अन्तिम दिन अवार्ड गरियो ।
नेपाल सहित १७ देशका लोक संगीत सम्बन्धि २८ सिनेमाबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट लामो चलचित्रको अवार्ड पश्चिम अफ्रिकाको फिल्म ‘डान्स वीथ द वोडाबेस’ले प्राप्त गरेको छ । लामो चलचित्र तर्फ नै ‘कमेन्डेसन अवार्ड’ चिलीको ‘कुईलामा बिट्विन द सि एन्ड द स्काई’ले हाँसिल गरेको छ । भारतको ‘द लिटिल प्रिन्स अफ राजस्थान’ र स्पेन को फिल्म ‘लास्ट मुडान्जाज डेल डिएब्लो’ले पनि लामो चलचित्र तर्फ नै ‘कमेन्डेसन अवार्ड’ हाँसिल गरेको छ ।
यस्तै लोक संगीत सम्बन्धि लघु चलचित्र तर्फ उत्कृष्ट चलचित्रको अवार्ड कम्बोडियाको चलचित्र ‘एस्बिक टच’ले हाँसिल ग¥यो । यस्तै लघु चलचित्र तर्फ नै ‘कमेन्डेसन अवार्ड’को अवार्डं भुटानको ‘अम निम्चु पेम’, नेपालको ‘शँकटमा भगवान’, श्लोभानियाँको ‘कोशोभो थु्र द आईज अफ लोकल रोमानी म्युजिसियन्स्’ र भुटानकै ‘खेन चोईपाला’ सहित चार ओटा छोटा चलचित्रले प्राप्त गरेको छ ।
यस्तै ‘अमेचर फिल्म अवार्ड’ नेपालको ‘शक्ति द डिभाईन फिमेल पावर’ले प्राप्त गरेको छ । सोही कार्यक्रममा प्रदान गरिएको ‘स्पेशल कन्भर्सेसन अवाड’ दक्षिण अफ्रिकाको ‘एडगर बेरा’ र नेपाली चलचित्र ‘सेक्रेड म्युजिक अफ गडेज’ले हाँसिल गरेको छ । सोही क्रममा ‘बेस्ट सिनेमाटोग्राफी अवार्ड’ स्विट्जरल्याण्डको ‘जोले एन्ड वेर्चे’ले हाँसिल गरेको छ । यस्तै ‘किपिङ ट्रेडिसन अलाईभ थ्रु अर्फमेन्स् अवार्ड’ अमेरिकाको चलचित्र ‘द ग्रेट टोपाङ्गा फायर’ले र ‘जजेज च्वईस अवार्ड’ भारतको ‘नाची से बाँची’ले प्राप्त गरेको छ ।
महोत्सबमा विधार्थीका लागि छुट्टै अवार्ड राखिएको थियो । जस अन्तर्गत ‘बेस्ट स्टुडेन्ट फिल्म अवार्ड’ तर्फ स्पेनको ‘फोर हुम यु ह्याभ देयर’ले पाएको छ ।
नेपाली लोक संस्कृति एवं सँगीत अनुसन्धानमा आजीवन योगदान पु¥याएको ठहर गर्दै संस्कृतिविद् तृुलसी दिवसलाई सोही कार्यक्रममा आयोजक संस्था लोकबाजा सँग्रहालयका तर्फबाट ‘लाईफटाईभ एचिभमेन्ट अवार्ड–२०१७’बाट सम्मानित गरिएको छ । पश्चिम नेपालको ग्रामिण क्षेत्रमा रहेर निरन्तर फेरी गायनमा योगदान पु¥याएका स्रस्टा चन्द्रदत्त पाण्डेलाई सो काक्रममा ‘दीर्घ संगीत सम्मान–२०१७’बाट सम्मानित गरियो ।

सम्बन्धित समाचार

बलिउड अभिनेता नाना पाटेकरको निधन
बलिउड अभिनेता नाना पाटेकरको निधन
  • २०७४ मंसिर ११, ०८: ४२

काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...

नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
  • २०७४ मंसिर ११, ०८: ४२

काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०७४ मंसिर ११, ०८: ४२

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...