
काठमाडौं । आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला सशक्तिकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षा लगायत विभिन्न सामाजिक मुद्दाका विषयमा बेजोड प्रस्तुती देखाएका ‘मिस युनिभर्स नेपाल २०२१’ का १६ जना प्रतियोगीको अन्तिम भिडन्त कार्तिक १३ गते हुने भएको छ ।
प्रतिस्पर्धीहरुले आफ्नो परिचय, भविष्यको उद्देश्य बनाउँन अबको प्रतियोगिताबाट शीर्ष १० छानिने आयोजकले जनाएको छ। आईएमई एपबाट ‘मिस युनिभर्स नेपाल २०२१’को पिपुल्स चोइसमा भोटिङ गर्न सकिने र प्रतियोगीताको ग्राण्ड फिनालेको भिआईपी टिकट समेत प्राप्त गर्न सकिने आयोजकले जानकारी दिएको छ ।
१३ गते हुने उक्त प्रतियोगिताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् ।
काठमाडौं । सिनेमा **‘लज्जावती’**को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले...
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...