
कमला खत्री, ब्युटिसियन
काठमाडौं । सीप सिकेर आत्मनिभर बन्न सफल व्यवसायीको नाम हो कमला खत्री । उनको जन्म पूर्वी पहाडी जिल्ला खोटाङको दिक्तेमा भएको हो । गाउँकै विद्यालयबाट कक्षा १२ सम्म अध्ययन गरेकी उनले सिटीईभीटी सानोठिमी भक्तपुरबाट ब्युटिसियनसम्बन्धी सीप विकास तालिम लिएकी हुन् । उक्त तालिमपछि उनले विगत १० वर्षदेखि गृह जिल्ला खोटाङमै अनुष्का व्यटीपार्लरसँगै कस्मेटिक पसल सञ्चालन गर्दै आएकी छन् ।
उनको ब्युटिपार्लर र कस्मेटिक पसल दिक्तेल बजरको रत्नपार्क चोकमा सञ्चालनमा रहेको छ । उनी त्यहाँ सिंगारपटारदेखि पार्लर सिक्न चाहना राख्ने दिदीबहिनीलाई ब्युटिसियन तालिम पनि दिने काम गर्दछिन् । ब्युटिपार्लरित कसरी आकषण बढ्यो ? भन्दा उनी भन्छिन्, ‘गाउँबाट केही काम गर्नुपर्छ भन्ने भावनाले काठमाडौं आइयो । त्यसपछि केही सीपमुलक काम सिक्ने इच्छा जाग्यो । आपूmले चिनेजानेका साथीहरुसँग सल्लाह लिएँ ।
अग्रज र साथीहरुको सल्लाह सुझावमा सीटीईभीटीमा व्युटिसियन तालिम लिएको उनले बताइन् । तालिममा निपूर्ण भएपछि उनले कर्मथालो भने खोटाङलाई नै रोजिन् । काठमाडौं छोडेर निकन खोटाङ ? भन्दा उनी भन्छिन्, ‘काठमाडौंमा ठूलो प्रतिस्पर्धा छ, बाहिरी जिल्लामा सीपमुलक तालिम लिएका व्यवसायिक काम गर्ने मानिस कम छन् ।
आफ्नो जन्म थलो पनि भएकाले त्यहीका दिदीबहिनीलाई आपूmले प्राप्त गरेको सीप बाड्ने इच्छाले उनले खोटाङ रोजेको उनी बताउँछिन् । उनी अहिले सिंगारपटारका लागि आउनेलाई सिंगारेर पठाउँछिन् र व्युटिसियनसम्बन्धी सीप सिक्न चाहनेलाई सिकाउने काम पनि गर्दछन् । ‘सीपले मानिसलाई सिर्जनशील र व्यवसायी बनाउँछ’ उनी थप्छिन् ।
उनले अहिलेसम्म तीनदर्जन हाराहारी दिदीबहिनीलाई ब्युटिसियनसम्बन्धी व्यवसायिक तालिम दिइसकेकी छन् । तीमध्ये १६÷१७ जनाले आफ्नै ब्यु्टिपार्लर स्थापना गरी सेवा दिइरहेका छन् । उनीहरुले अन्य जिल्ला जस्तो इमालम, झापा, उदयपुरलगायतका जिल्लामा गएर व्यवसाय सञ्चालन गरिरहेको उनी बताउँछिन् । पछिल्लो समय नेपाली महिलामा सिंगारप्रति आकर्ष बढेको उनको बझाइ छ । उनी भन्छिन्, ‘मेरोमा बजार र गाउँघरबाट बराबर ग्राहकहरु आउँछन्’ ।
शहरबजारभन्दा गाउँबाट आउने ग्राहकहरु बढी इमान्दर हुने उनको अनुभव छ । बजारका ग्राहकले कस्मेटिक सामान किनमेल गर्दा बढी बार्गेनिङ गर्ने गर्दछन् तर गाउँबाट आउनेले यतिपर्छ भने पनि खुरुक्क झिकेर दिन्छन्, आफ्नो अनुभव बताउँछिन् उनी । घरेमा गएर एउटा बेहुली सिंगारपटार गरेको सामान र सेवासहित बाटोको दुरीहेरेर १०–१२ हजारसम्म लिने गरेकी छु, उनले भनिन् । तर, उनीहरुले सिंगारका सामान लिएर पार्लरमै आएमा ४ देखि ५ हजारसम्म सर्भिस चार्ज लिने गरेको अनुभव उनीसँग छ । ब्युटिपार्लरतिर महिलाहरु किन आकर्षिशत हुन्छन् ? भन्दा उनी भन्छिन्, ‘पार्लर जानु भनेको खाली सिंगारपटारको र रामरमाइलोको लागि मात्र होइन, यो स्वास्थ्यको लागि पनि लाभदायक छ ।’
किन भने परिवारमा ब्युटिसियन छन् भने त्यो परिवार नै सफासुघर हुन्छ । सरसफाइले स्वास्थ्यलाई फाइदा गर्दछ त्यतिमात्र होइन सिंगारसँगै विभिन्न औषधिजन्य कस्मेटिक सामग्रीको प्रयोग त्यसमा गरिएको हुन्छ । त्यसले शरीरका मांपेसीदेखि छाला बलियो बनाउने काम गर्दछ, तर सामान चाहिं अस्सली हुनुपर्छ त्यसलाई प्रयोग गर्ने तरिका सही हुनुपर्छ,–उनले भनिन् । व्यवसायप्रति कत्तिको सन्तुष्टी छ ? भन्दा उनी भन्छिन्, ‘मलाई यो व्यवसायले घडेरीदेखि घरसम्म पुयाएको छ ।’ ब्युटिपार्लर र कस्मेटिक व्यवसायको कमाइबाट घरबनाइयो उनले प्रगति सुनाइन् ।
उनकोमा सबै जात, वर्ग र समुदायका महिलाहरु मेकपका लागि आउने गरेको बताउँछिन् । पछिल्लो समय बजारकाभन्दा गाउँघरतिरका बढी पार्लरतिर धाउने गरेको उनी पाउँिछन् । गाउँका ग्राहकहरु रसिला र सजिला हुने उनको अनुभव छ । उनको सिंगारका लागि जनजातिभन्दा बढी बाहुन, क्षेत्री समुदायकै बढी आउने गर्दछन् । सीपमुलक व्यवसायबाट आर्थिक सफलताको शिखर चुम्न सफल उनी आउने पिँडीलाई ‘सिप सिकौं आत्मनिर्भर बनौं भन्न रुचाउँछिन् । कुनै पनि काम सफल हुनलाई पहिलो कुरा स्वास्थ्यले साथ दिनुपर्छ, त्यसपछि सीप हो, उनी भन्छिन् ।
इच्छाशक्तिले मानिसलाई सफलतातिर डो¥याउँछ, उनी छन्छिन् । उनको अनुभवमा सीप, श्रम र जाँगरले मानिसलाई स्वरोजगार बनाउँछन् । सीप सिकेर बसेका दिदीबहिनी दाजुभाइलाई सके आपैmले लगानी गरेर नभए सबन्धित क्षेत्रमा काम गरेर सीपको सदुपयोग गरौं, उनी सुझाउछिन् । देखासेखीमा सीप सिकेर त्यसै समय खेरा नफालौ सीपअनुसारको व्यवसाय गर्नु राम्रो हो, उनी भन्छिन् ।
इच्छाशक्ति र सीप र जाँगर हुनेलाई स्वदेशमै काम र दामको खाँचो छैन, उनको अनुभव छ । उनी थप्छिन्, ‘सीप, सिर्जना र जाँगर भएका मानिसलाई पैसा कमाउनकै लागि विदेशीनु पर्दैन’ । सीप र सिर्जनालाई स्वदेशमै लगानी गर्नुपर्छ अनि हुन्छ नेपाल समृद्ध, व्यक्तिको समृद्धि देशको समृद्धि हो, त्यसको उदाहरणीय व्यक्ति हुन् कमला ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...