काठमाडौं । फिल्म शेरबहादुर’लाई दर्शकले माघको तेस्रो साताबाट हेर्न पाउने छन् । यो चलचित्र आगामी १९ माघबाट देशव्यापी प्रदर्शनीमा गरिने
भएको छ । यसका निर्माता गौरी शँकर धुजुले फिल्मको निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् ।
अबकास प्राप्त एउटा सन्की सैनिकको सन्की प्रकृतिमा आधारित ‘थ्रिलर एन्ड एक्सन’ जनरामा निर्मित यो लचित्रका निर्देशक आर राजवंशीले निर्देशन गरेका हुन् । उनका अनुसार यो फिल्ममा त्यो सन्की पात्र शेरबहादुरको भूमिका सुनिल थापाले निर्वाह गरेका छन् । सुनिल थापा सन्कीसँगै हक्की र खतरनाक चरित्रको भूमिकामा छन् । अहिलेसम्म राते काईँलाको नामले परिचित सुनिल थापा अब यो चलचित्र रिलिज भएपछि शेरबहादुरको नामले परिचित हुने पनि उनले दाबी गरे ।
चलचित्रको कथा पनि सन्की चरित्र शेरबहादुको वरीपरी घुमेको छ । केही समय अघि रिलिज गरिएको चलचित्रको ट्रेलर दर्शकले रुचाएका छन् । यो चलचित्रलाई छायांकार गौरीशंकर धुजु र धिराज राजवंशीले निर्माण गरेका हुन् ।
यो चलचित्र राजनीतिक नभएको पनि निर्माण पक्षले जानकारी गराएको छ । सुनिल थापासँगै कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतको अभिनय छ ।
काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...
काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...
काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...