
नयाँ विकल्प
काठमाडाैं – लेखक तथा पत्रकार राज सरगमकाे ‘मेरो छाती धड्कियोस्’ गीत सार्वजनिक भएका छन् ।
सर्जक सरगमले यसभन्दा अगाडि चलचित्र दबाब, चाल मेरो मान्छेलगायत सिनेमा गीत लेखेका थिए भने अाधा दर्जन गीत पनि लेखिसकेका छन् । लामो समयको अन्तरालपछि राजले अर्काे गीत लिएर आएका हुन् ।
संगीतकार विपिन आचार्यको कम्पोजिसन, संगीत संयाेजन र मिक्सिङ रहेकाे छ । गीतलाई गायक प्रमोद खरेल स्वर दिएका छन् । उपत्यकाको आसपास छायांकन गरिएको गीतको भिडियोलाई नारायण ठकुरीले निर्देशन गरेका छन् ।
भिडियोको छायांकन नरेश चैसिरले गरेका छन् भने सन्देश परियारले सम्पादन गरेका छन् । भिडियोमा मोडल कसिस दाहाल र भूपेशसिंह ठकुरीको अभिनय छ । युट्युब च्यानल साइराम पिक्चरबाट गीतलाई सार्वजनिक गरिएकाे हाे

काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...
काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...