तनहुँको अकला मन्दिरमा मूर्ति चोरी – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

तनहुँको अकला मन्दिरमा मूर्ति चोरी

नयाँ विकल्प

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिका–६ मा रहेको अकला देवी मन्दिरमा चोरी भएको छ। गए राति अज्ञात समूहले मन्दिरको मूलढोकामा लगाइएको ताल्चा फोडेर मूर्तिलगायतका सामान चोरी गरेको हो। प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित अकला देवी मन्दिरमा रहेको गणेशको मूर्ति, शङ्ख र घण्टी चोरी भएको तथा मन्दिरको गजुर भने सुरक्षित रहेको मन्दिर विकास तथा व्यवस्थापन समितिले जनाएको छ। आज बिहान पुजारी मन्दिरमा दैनिक नित्य पूजाका लागि जाँदा मात्रै मन्दिरमा मूर्ति चोरी भएको थाहा भएको मन्दिर व्यवस्थापन समितिका सचिव वसन्त थापाले जानकारी दिए।

घटनापश्चात प्रहरी टोली गएर घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए। लाखौँ भक्तजनले पुज्ने मन्दिरमा भएको यो किसिमको घटना हुनु अत्यन्त निन्दनीय र हिन्दू धर्ममाथिको प्रहार भएको उनले बताए। उक्त कार्यमा संलग्न कोही शङ्कास्पद व्यक्ति वा समूह भेटिए तुरुन्त प्रहरीलाई खबर गरिदिन उनले सबैमा आग्रहसमेत गरेका छन्। यस विषयमा वडाध्यक्ष बसन थापासँग बुझ्दा आफू काठमाडौँ रहेकाले केही जानकारी नपाएको बताए।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०७८ श्रावण ५, १०: १८

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७८ श्रावण ५, १०: १८

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७८ श्रावण ५, १०: १८

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...