प्रहरी उपरीक्षकमा पदाेन्नति भएका अधिकृतहरुलाई दर्जानी चिन्ह प्रदान – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

प्रहरी उपरीक्षकमा पदाेन्नति भएका अधिकृतहरुलाई दर्जानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी अधिकृतहरुलाई दर्जानी चिन्ह प्रदान गरिएको छ । प्रहरीका निमित्त प्रहरी महानिरीक्षक नीरजबहादुर शाहीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमकाबीच दर्जानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको मंसिर ९ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदामा पदोन्नति भएका अधिकृतहरूमा प्रहरी उपरीक्षकहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट दर्जानी चिन्हबाट सुशोभित भएका हुन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक शाहीले बधाई दिँदै नयाँ जिम्मेवारी तथा पदीय गरिमालाई कायम राख्न उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने बताए । संगठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुने चर्चा गर्दै कानुनले उपलब्ध गरेको अधिकार र दायित्वलाई कायम राखी नागरिकको सेवामा समर्पित हुन प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिए ।

कार्यक्रममा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट प्रहरी उपरीक्षक जनक बहादुर शाहीले नयाँ जिम्मेवारीलाई व्यावसायिक निष्ठा र इमानदारिताका साथ उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७८ मंसिर १०, १४: ०८

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७८ मंसिर १०, १४: ०८

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...

दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
  • २०७८ मंसिर १०, १४: ०८

काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...