
काठमाडौं । आइतबार थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ९ सय १८ जनाको परिक्षणमा १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको हो ।
यस्तै आइतबार थप ३४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ३८९ जना रहेको छ ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ३५० पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ जना रहेका छन ।
संक्रमितमध्य ६ हजार ५८९ जना होम आइसोलेसनमा, ३७७ जना संस्थागत आइसोलेसनमा, १७१ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचार गराई रहेका छन् ।
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...