नेपाली सेनासँग जोडेर कपोकल्पित सन्देश सम्प्रेषण : नेपाली सेना – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेपाली सेनासँग जोडेर कपोकल्पित सन्देश सम्प्रेषण : नेपाली सेना

नयाँ विकल्प,

काठमाडौं – विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा नेपाली सेनासँग जोडेर कपोकल्पित सन्देश सम्प्रेषण भइरहेको भन्दै सैनिक मूख्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले एक सूचना जारी गर्दै केही समय यता सैनिक मूल नेतृत्व एवं नेपाली सेनाका गतिविधिसँग सम्बन्धित फरक प्रसंग र अवसरको फोटो तथा भिजुअल क्लिप प्रयोग गरी विभिन्न संवेदनशील विषयहरु भ्रमछर्ने काम भइरहेको जनाएको छ ।

आफ्नो निहीत स्वार्थ र नियत पूरा गर्न आम जनमानसमा भ्रम छर्ने उद्देश्यले विभिन्न संचारमाध्यमहरु विशेष गरी अनलाइन मिडिया तथा सामाजिक सञ्‍जाल (फेसबुक, टिकटकआदि) मा नक्कली परिचय बनाई भ्रामक एवं कपोकल्पित समाचार एवं सन्देश सम्प्रेषण भइरहेको भन्दै सनाले गम्भीर ध्यानार्षण भएको जनाएको हो ।

देश र जनतालाई केन्द्रविन्दुमा राखि संविधान ऐन कानुनको परिधिभित्र बसी कानुन एवं विधि सम्मत चल्ने अराजनैतिक छवि भएको संस्थाको प्रतिष्ठा र नेतृत्वको निष्ठा एवं मर्यादामा समेत गम्भीर आघात पुर्‍याउने यस किसिमका अनर्गल प्रचार प्रसारहरुप्रति नेपाली सेना खेद प्रकट गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । यस्ता भ्रमहरुबाट टाढा रहन र अरुलाई पनि टाढा राख्‍न लगाउन सेनाले अपिल गरेको छ ।

सम्बन्धित समाचार

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ फाल्गुन २०, २२: १५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ फाल्गुन २०, २२: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ फाल्गुन २०, २२: १५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...