
नयाँ विकल्प,
रुकुम- रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ दुई घाइते भएका छन् । पुथाउत्तरगङ्गा गाउँपालिका–१२ को गर्खानीमा राङ्सीबाट रुकुमकोटतर्फ आउँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको परिचय खुलेको छैन । दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । सामान्य घाइते हुनेमा सो गाउँपालिकाका ३२ वर्षका वीरप्रताप बुढा रहेका छन् । अर्का घाइतेको पनि पहिचान खुल्न सकेको छैन । दुवै जनाको रुकुमपूर्व अस्पततालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...