
नयाँ विकल्प,
दिपायल । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा बुधबारबाट दिपायलथित नं.५ बाहिनी अड्डामा भूतपूर्व सैनिक सम्मेलन–२०७८ सुरु भएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्य र नेपाली सेनाबाट निवृत्तिभरणमा रहेका भूपू सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा सम्मेलन सुरु गरिएको हो ।
सम्मेलनमा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी र दार्चुला गरी जम्मा ७ जिल्लाहरुमा बसोबास गर्ने करीब ६५० जना भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गरेका थिए ।
काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...