सवारी चालक अनुमतिपत्रको आवेदन जेठमा खुल्ने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सवारी चालक अनुमतिपत्रको आवेदन जेठमा खुल्ने

नयाँ विकल्प,

काठमाडों – यातायात व्यवस्था विभागले बन्द भएको सवारी चालक अनुमतिपत्रको आवेदन आगामी जेठदेखि खोल्ने भएको छ । फारम भरिसकेका सेवाग्राहीको परीक्षा यथाशक्य छिटो सक्नुपर्ने भन्दै गत चैत १ देखि सेवा बन्द भएको थियो । सेवाग्राहीले लाइसेन्सको परीक्षाका लागि महिनौं पर्खिनुपर्ने बाध्यता हटाउन केही समय आवेदन बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार ५ लाख ७२ हजार ३ सय ८० सेवाग्राहीले परीक्षा दिन बाँकी छ । नेपालभरका २३ वटा कार्यालयमा सिफ्ट बढाएर भए पनि जेठ १७ गतेसम्म सक्ने लक्ष छ । परीक्षार्थीको चाप केही घटेपछि ढिलोमा जेठ १ बाटै नयाँ फारम खोल्ने तयारी विभागको छ ।

सम्बन्धित समाचार

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ चैत्र १०, २१: ३७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ चैत्र १०, २१: ३७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ चैत्र १०, २१: ३७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...