
नयाँ विकल्प,
काठमाडौं – गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि ५ वर्षे कार्यविधि बनाएर राष्ट्रिय गुरुयोजना बनाएको छ । माध्यमिक तहका विद्यार्थीहरुलाई सचेतनासहितको सो गुरुयोजना बनाइएको छ । लागुऔषध प्रयोगकर्ता र ओसारपसार तथा बेचबिखनको दर बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि पाँच वर्षे गुरुयोजना बनाएको हो ।
बुधबार लागुऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना सार्वजनिक गर्दै लागु औषध नियन्त्रणका लागि संघ प्रदेश र स्थानीय तह सबैमा एक साथ कार्यक्रमहरु लैजाने विषयहरु उल्लेख गरिएका छन् । मन्त्रालयमा बुधबार गृहसचिव टेकनारायण पाण्डेले सो गुरुयोजना सार्वजनिक भएको बताएका छन् ।
लागुऔषध प्रयोगकर्ता र ओसारपसार तथा बेचबिखनको दर बढ्दै गएकाले त्यसलाई नियन्त्रण तथा न्यूनीकरण गर्नका गुरुयोजना ल्याइएको गृहसचिव पाण्डेले दावी गरेका छन् ।
५ वर्षे कार्यावधि तोकेर गुरुयोजना ल्याइएको छ। उक्त गुरुयोजना अनुसार संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारको समन्वयमा कार्यान्वयनमा लैजाने पाण्डेले बताए । गुरुयोजनामा उल्लेख गरेअनुसार लागुऔषध कारोबार तथा सेवन नियन्त्रणका लागि लागुऔषध नियन्त्रण विभाग स्थापना गर्नेसम्मका कार्ययोजना ल्याइएको छ । माध्यमिक तहका सामाजिक विषयका शिक्षकहरुलाई लागुऔषध सम्बन्धित प्रशिक्षित गर्ने, माध्यमिक तहको पाठ्यक्रममा लागुऔषध विषयलाई समावेश गर्नेसम्मका योजना गृहले सार्वजनकि गरेको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...