
काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगंजमा रहेको पूर्व प्रहरी अधिकृत प्रतिक्षालय र बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषले प्रदान गरेको २ करोडको चेक हस्तान्तरण गरेका छन् । अस्पतालको ३८औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिसमेत रहेका थापा क्षेत्रीले उक्त समारोहकाबीच अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।
त्यस्तै अस्पतालले अस्पतालका विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरुलाई समेटेर प्रकाशन गरेको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७८’ र ल्भउब िःभमष्अब िव्यगचलब िको समेत महानिरीक्षक थापा क्षेत्रीले लोकार्पण गरेका थिए ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको सेवा प्रवाहमा अविश्मरणीय योगदान गर्दै २५ वर्ष अनवरत सेवा गर्नुहुने प्रहरी कर्मचारीहरुलाई कदरपत्र प्रदान गरेका थिए ।
त्यस्तै महानिरीक्षक थापा क्षेत्रलिे भिजिटिङ कन्सल्टेन्ट डा. विकल घिमिरे तथा अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउने महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज र संघ संस्थालाई प्रशंसापत्र एवम् कार्य सम्पादन र सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत अर्थोपेडिक विभागलाई शिल्ड तथा प्रशंसापत्र र अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार समेत प्रदान गरेका थिए ।
नेपाल प्रहरी अस्पताललाई विगत लामो समयदेखि हालको अवस्थामा पु¥याउन पूर्व महानिरीक्षकहरुले निर्वाह गरेको योगदानको प्रशंसा गर्दै महानिरीक्षक थापा क्षेत्रीले कोरोना कहरका बेला नेपाल प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा प्रति उच्च सम्मान व्यक्त गरेका थिए ।
त्यसैगरी आगामी दिनमा नेपाल प्रहरी अस्पतालबाट प्रवाह हुने सेवा अझै उत्कृष्ट हुने विश्वास व्यक्त गर्दै महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालको विद्यमान सेवाहरुलाई अझ व्यवस्थित गर्न र अस्पतालको दीर्घकालीन विकासका लागि प्रहरी प्रधान कार्यालय प्रतिवद्ध रहेको समेत उल्लेख गरे ।
सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष सिर्जना थापाले ऋयmदय गतिचबकयगलम त्भ्ल्क् बलम क्ष्ँत् एजथकष्यतजभचबउथ ःबअजष्लभ अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहलाई हस्तान्तरण गरिन् । संघकी अध्यक्ष तथा संघका पदाधिकारीहरुले अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गरेका थिए ।
समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन नेपाल प्रहरी अस्पताल सदैव प्रतिवद्ध रहेको बताइन् ।
नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा।रामकृष्ण राजभण्डारीले स्वागत गरेका थिए भने प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छायाँ देवी गुरूङले स्त्री तथा प्रसुती सेवा सम्बन्धी प्रस्तुतीकरण तथा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...