
नयाँ विकल्प,
सिरहा – सिरहामा सञ्चालित एसईई अन्तर्गतको दोस्रो दिनको गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै तीन केन्द्राध्यक्षसहित ८० जना परीक्षार्थीलाई निस्काशन गरिएको छ ।
परीक्षामा चिट, फ्ल्याप र मोवाइल प्रयोगगरी परीक्षा अमर्यादीत गरेकाले उनीहरुलाई निस्काशन गरिएको हो । सञ्चारकर्मी सहित जिल्ला अधिकारी र सुरक्षा निकायका टोलीले अनुगमन गर्ने क्रममा परीक्षार्थीहरुले अमर्यादित गतिविधि गरेको पाइएकोले निस्काशन गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जनाए ।
परीक्षालाई मर्यादा विपरीत कार्यगरेको भन्दै बस्तिपुर मावि लहान १३ केन्द्रबाट ३५, माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ र पडरीया थारुटोल मावि परीक्षा केन्द्रबाट २६ जना विद्यार्थी निस्कासन गरेको प्रमुख जिल्ला अधिकारी कवाडीले जानकारी दिए ।
जिल्ला अधिकारी कवाडीका अनुसार परीक्षार्थीले मोवाइल ह्वाट्सएप, फोटोकपी र चिट प्रयोग गरेकाले उनीहरुलाई आजको परीक्षाबाट निस्काशन गरेको जनाए ।
वस्तिपुर मा।वि परीक्षा केन्द्रमा देव आईडल आवासिय विद्यालय लहान, लिटिलस्टार आवासिय विद्यालय, न्यू मनकामना आवासिय विद्यालय, सगरमाथा माध्यमिक विद्यालय र राजाजी मा।वि।का विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् ।
त्यसैगरी, गोलबजार नपा ३ जमदहस्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पनि व्यापक फेटोकपी प्रयोग गरेर चिठ बनेको पाईएको छ। यस परीक्षा केन्द्रबाट परीक्षा सुरुभएको ३० मिनटभित्रै प्रश्नपत्र बाहिरिएको बताइएको छ। यस सम्वन्धमा छानविन गरिने सम्वन्धित निकायले जनाएको छ ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...
काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य...