
नयाँ विकल्प,
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी दिएको हो ।
विज्ञप्तिमा चालू शैक्षिक सत्रको वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पसको हकमा सम्बन्धित संस्थानबाट निर्णय गरे बमोजिम गर्ने तथा अन्य क्याम्पस, विभाग र स्कुलको हकमा विद्यार्थीको नियमित परीक्षा सञ्चालन यथावत रहने गरी २०७९ वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन चालू शैक्षिक सत्रको वर्षे बिदा दिने निर्णय भएको उल्लेख छ ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...
काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य...