
नयाँ विकल्प,
काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित एक समारोहबीच सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ७२ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायव उपरीक्षकलाई बधाई तथा कार्य सफलताको शुभकामना दिँदै संगठनमा रहेर उनीहरूले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्यांकन स्वरूप पदोन्नति प्राप्त भएको बताए । नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको वैशाख १५ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहका ८७ जना, साधारण समूह लेखा उपसमूहका १० जना, साधारण समूह कानुन उप–समूहका २ जना र प्राविधिक समूह स्वास्थ्यतर्फ ६ जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका हुन् ।
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...
काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...
काठमाडौँ : गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । आज गृहमन्त्री सुधन गुरुङले...