
नयाँ विकल्प,
काठमाडौं – बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सुरक्षा ब्यवस्था मिलाउन भारतीय वायुसेनाको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको छ । भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेशल प्रोटेक्सन गार्ड) को टोली लिएर आएको भारतीय वायुसेना विमान बुधबार बिहान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो ।
विमानमा भारतीय प्रधानमन्त्री मोदीले प्रयोग गर्ने गाडी समेत ल्याइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोविन्द दाहालले मोदीको सुरक्षा व्यवस्थापनका लागि भारतीय वायुसेनाको विमान आएको बताएका छन् । ।
मोदी लुम्बिनीमा आयोजना हुने २५६६ औं बुद्ध जयन्तीका अवसरमा जेठ २ गते लुम्बिनी भ्रमणमा आउँदैछन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...