सेन्ट लरेन्सका कोअर्डिनेटर रहेका एमाले नेता यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

सेन्ट लरेन्सका कोअर्डिनेटर रहेका एमाले नेता यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

नयाँ विकल्प,

काठमाडौं – चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसका कोअर्डीनेटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका नेकपा एमालेका नेता जनार्दन अधिकारी छन् ।

उनी पूर्व सञ्चारमन्त्रीको मिडिया विश्लेषकका पनि नियुक्त भएका थिए ।

कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनीमा उत्रीएका हुन् ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सम्बन्धित समाचार

एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको आह्वान
एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको आह्वान
  • २०७९ जेष्ठ १०, १३: ४०

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । घटनानको दुई दिनपछि प्रधानमन्त्री शाहले सामाजिक...

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७९ जेष्ठ १०, १३: ४०

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७९ जेष्ठ १०, १३: ४०

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...