
नयाँ विकल्प,
काठमाडौं – उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान २ः३० बजे दुर्घटना हुँदा ट्रकमा सवार चालक सहित चार जनाको ज्यान गएको हो ।
मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर मकवानपुरको हेटौंडाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ना.८ ख.८२९७ नम्बरको लोबेड ट्रक बिहान २ः३० बजे भदौरे चनौट खोला नजिक दुर्घटना उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको. छ ।
दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान तामाङ, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै ज्यान गएको छ ।
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...
काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...