सुर्तीजन्य पदार्थका कारण बार्षिक २७ हजार बढीको मृत्यु – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

सुर्तीजन्य पदार्थका कारण बार्षिक २७ हजार बढीको मृत्यु

नयाँ विकल्प,

हेटौंडा – नेपालमा सुर्तीजन्य पदार्थका बार्षिक २७ हजार भन्दा बढी सर्वसाधारणले ज्यान गुमाउने गरेको जानकारी दिइएको छ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

सुर्तीजन्य पदार्थका कारण विश्वमा बार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क प्रश्तुत गर्दै डा शम्भु काफ्लेले सन् २०३० सम्ममा ६ मध्ये एकजनाको मृत्यु सुर्तीजन्य पदार्थ सेवनको कारण हुनसक्ने जानकारी गराएका हुन् ।

मानिसलाई लाग्ने मुटुरोगको २८ प्रतिशत कारण धुम्रपान नै भएको उनले बताए । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले मनले चाहेमा धुम्रपानको लत छोड्न सकिने बताए ।

पछिल्लो समय धेरै युवाहरुमा धुम्रपानमा लागेको भन्दै उनले चिन्ता व्यक्त गरे । कार्यक्रममा वरिष्ठ स्वास्थ्य प्रशासक राजेन्द्रकुमार झाले सुर्तीजन्य पदार्थको कारण धेरैले अकालमै ज्यान गुमाइरहेको भन्दै सर्वसाधारणमा सचेतना फैलानु आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७९ जेष्ठ १७, २२: ३५

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७९ जेष्ठ १७, २२: ३५

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७९ जेष्ठ १७, २२: ३५

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...