
नयाँ विकल्प,
काठमाडौं – पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारमा अवस्थित श्री पूर्णेश्वर माध्यमिक विद्यालयका लागि निर्माण गरिएको कम्प्युटर भवनको आज भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका छन् ।
सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत नेरु १ करोड ७५ लाख लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजनाको निर्माण गरिएको हो ।
यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।
श्री पूर्णेश्वर माध्यमिक विद्यालय पर्वत जिल्लाकै एक पुरानो विद्यालय हो । विद्यालयमा २५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । जसमध्ये करिब ६० प्रतिशत छात्रा रहेका छन् ।
भारत सरकारको सहयोगमा यस विद्यालयका लागि विशेषतः कम्प्युटर प्रविधिका लागि निर्माण गरिएको यस नयाँ पूर्वाधारले गुणस्तरिय क्षाको खोजीमा रहेका विद्यार्थीहरुका लागि सुविधा प्रदान गर्नेछ ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ र नेपालका सबै सातै प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक संरचनाको निर्माणका क्षेत्रमा ४७० वटा परियोजनाहरुको निर्माण सम्पन्न गरिसकेको छ ।

यसमध्ये पर्वत जिल्लाका दुई परियोजनासहित ५७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु गण्डकी प्रदेशमा रहेका छन् ।
दुई देशका जनताबीचको निकटताले भारत र नेपालबीच रहेको बहुपक्षीय एवंम बहुक्षेत्रीय विकास साझेदारीलाई प्रतिबिम्बित गरेको छ । यस विद्यालय परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्र जस्तैं शिक्षामा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासमा थप बल प्रदान गर्न भारत सरकारले पु¥याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...
काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य...