सीमा सुरक्षाका लागि बजेटमा कुनै योजना नभएको सांसद राधा ज्ञावलीको भनाइ – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

सीमा सुरक्षाका लागि बजेटमा कुनै योजना नभएको सांसद राधा ज्ञावलीको भनाइ

नयाँ विकल्प,

काठमाडौं – सांसद राधा ज्ञवालीले नेपालको भू–भाग र सीमा सुरक्षाका लागि बजेटमा कुनै पनि योजना नभएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफलका विषयमा उनले नेपालको भूभाग, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेत समेटिसकेको भएपनि संरक्षण गर्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिएकी छिन् ।

उनले बजेटमा धेरै सिँचाइ आयोजना सरकारको प्राथमिकतामा नपरेको र स्थानीय तहको अधिकार क्षेत्रमा समेत केन्द्रले हस्तक्षेप गरेर बजेट छुट्टयाउने काम गरेको बताइन् ।

सांसद विमला नेपालीले एक परिवार स् एक रोजगार, शिक्षालाई सीपसँग सीपलाई रोजगारसँग जोड्नुनपर्ने जरुरी भएको र नेपालको संविधानले जमिन नहुने दलित समुदायलाई जमिन उपलब्ध गराउने भनेको भएपनि त्यो कार्यान्वयन हुन नसकेको बताएकि छन् ।

संविधानले आवासबिहिनलाई आवास उपलब्ध गराउने भनिएता पनि त्यो बजेटले समेटन नसकेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७९ जेष्ठ १९, २०: ५३

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७९ जेष्ठ १९, २०: ५३

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७९ जेष्ठ १९, २०: ५३

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...