
नयाँ विकल्प,
काठमाडौं- बैंकिङ कसुर मुद्दामा फरार रहेका खोटाङ घर भई हाल भक्तपुरस्थित थिमीमा बस्ने ईन्द्रकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्धामा १६ लाख ५० हजार तोकिएको थियो ।
भक्तपुरस्थित ग्लोबल आइएमइ बैंकको शाखामा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेपछि उक्त कसूरमा मुद्दा परेको थियो ।
उच्च अदालत पाटनको वैशाख ५ को फैसलाले राईलाई बैंकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा चार दिन कैद र १६ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो ।
त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले आज काठमाडौंको चाबहिलबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ ।
काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...
काठमाडौँ । नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...
काठमाडौं : सरकारले ९ वटा विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले...