३५ लाख लुटमा संलग्न दुई जनालाई प्रहरीले गर्यो सार्वजनिक – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

३५ लाख लुटमा संलग्न दुई जनालाई प्रहरीले गर्यो सार्वजनिक

नयाँ विकल्प,

काठमाडौं – ब्याडमिन्टन कोर्टबाट ३५ लाख लुटमा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टबाट लुटपाटमा संलग्न भएकालाई प्रहरीले पक्राउ गरेको हो । आरोपमा नुवाकोटको दुप्चेश्वर घर भएका २५ वर्षीय पेम्बा तामाङ र दाङको बंगलाचुली घर भएका ३४ वर्षीय सालिकराम नेपाली पक्राउ परेका छन् ।पक्राउ गरिएका सालिकराम नेपाली प्रहरी हवल्दार हुन् । उनीहरु वैशाख १८ मा पक्राउ परेका हुन् ।

आरोपीहरुमाथि डाँकाचोरी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

लुटमा मानव बेचविखन ब्यूरो र संगित विद्यालयमा कार्यरत प्रहरी पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

लैनचौरको ब्याडमिन्टन कोर्टस्थित खाजा घरमा सस्तोमा सुन किन्न भनेर व्यापारीलाई बोलाएर उनीहरुको समूहले ३५ लाख लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । जेठ ८ मा भएको सो लुटमा प्रहरीकै समूह संलग्न रहेको थाहा भएको छ ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७९ जेष्ठ २३, १६: ५७

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७९ जेष्ठ २३, १६: ५७

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...

सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
  • २०७९ जेष्ठ २३, १६: ५७

काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...