
नयाँ विकल्प, –
स्याङ्जा – निर्वाचन आयोगका आयुक्त इश्वरी प्रसाद पौडेलले निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै आयोग ई–भोटिङको तयारीमा लागेको बताएका छन् । उनले आयोगलाई संस्थागत सुदृढीकरण गर्दै प्रविधिमा आधारित प्रणाली उपयोग गर्न लागिएको बताए ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाको नवर्निमित भवनको शनिबार शिलन्यास गर्दे उनले आयोगले प्रविधिलाई आत्मसाथ गर्दै अगाडी बढेको दाबी गरे । उनले प्रविधिको समुचित उपयोगमा आयोग रणनीतिक योजना बनाउन लागिरहेको समेत जानकारी दिए ।
भवन शिलन्यासका अवसरमा उनले आयोगको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना अन्र्तगत निर्वाचन कार्यालय निर्माणका अभियानलाई अगाडी बढाउँदै लैजाने योजना रहेको सुनाए। आयोगले २०७६ देखि ०८१ सम्मको अवधिलाई पञ्चवर्षिय योजना बनाएर काम गर्दै आएको जानकारी दिए ।
देशभरका ७७ जिल्ला मध्ये १९ जिल्लामा मात्रै निर्वाचनको कार्यालय रहेको उनले बताए। एक जिल्लामा निर्माणाधीन अवस्थामा र अन्य ९ वटा कार्यालय सरकारी भवनमा रहेर कामगर्दे आएको आयुक्त पौडेलले जानकारी दिए। उनका अनुसार अब १० वटा कार्यालय बन्ने तयारीमा रहेको छ।
शिलन्यास गरिएको भवनएक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी बि एम वील्डर्स एण्ड सियोन एडभेन्चर कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ। २ करोड ३ लाखको लागतमा जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका १ मा भवन निर्माण हुनेछ ।
काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ ।...
काठमाडौं : स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ । चिकित्सक...
काठमाडौं : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा...