
नयाँ विकल्प,
काठमाडौं – पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ ।
सोमबार साँझ अनेरास्ववियुका कार्यकर्ताले काठमाडौंको घण्टाघर नजिकको त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुसहित प्रदर्शन गरेका हुन् ।

त्यस क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा अनेरास्वियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेसहित १० जना भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल आयल निगमले सोमबार मात्रै पेट्रोलियम पदार्थमा २१ रुपैँयाका दरले मूल्यवृद्धि गरेको हो ।
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...
काठमाडौं : जनकपुरबाट पैदल यात्रा गर्दै काठमाडौंतर्फ प्रस्थान गरेका मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन् । आफ्ना...