
नयाँ विकल्प,
काठमाडौं – काठमाडौंमा हैजाको संक्रमण देखिन थालेपछि ललितपुर महानगरपालिकाले ठेलामा पानीपुरी बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको छ ।
पानीपुरीमा प्रयोग गरिने पानीमा हैजाको जीवाणु हुनसक्ने भन्दै ललितपुरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका छन् ।
सोमबारबाट ललितपुर महानगरपालिकाभरी ठेलामा पानीपुरी बेच्न रोक लगाइने छ । अर्काे निर्णय जारी नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न नपाइने बताइएको छ ।
आइतबार दिनभरी ठेलामा पानीपुरी बेच्नेहरुलाई ‘यसो नगर’ भनेर सम्झाउने र सोमबारबाट भने पूर्ण रुपमा ठेलामा पानीपुरी बेच्न प्रतिबन्ध लगाइने जानकारी दिइएको छ ।
काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको...
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...