भष्टाचार गर्ने बाँकेका प्रधानाध्यापकविरुद्ध अख्तियारको मुद्दा – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

भष्टाचार गर्ने बाँकेका प्रधानाध्यापकविरुद्ध अख्तियारको मुद्दा


नयाँ विकल्प,

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको बैजनाथ गाउँपालिका ८ मा रहेको श्री शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक मुहम्मद युनुस खाँविरुद्ध विशेष अदालतमा रिट दायर गरेको छ ।

प्रधानाध्यापक मुहम्मद युनुस खाँले शिक्षा नियमावली, २०५९ को परिच्छेद २९ नियम १६५ अनुसार विद्यालयले प्राप्त रकम खर्च नगरी छात्रवृति वितरण तर्फको रकम र कम्प्युटर खरिदतर्फको रकम गरी कुल ३ लाख २ हजार १ सय ९७ रुपैयाँ भष्टाचार गरेको अख्तियारको ठहर छ ।

२०६८ सालदेखि २०७४ सालस्म्म छात्रवृत्तिको लागि प्राप्त रकम, कम्प्यूटर खरिद, भवन निर्माण र शौचालय निर्माण कार्यमा तथा विद्यालयको आन्तरिक स्रोत समेतको दुरुपयोग गरेको उजुरी परेपछि आयोगले छानविन गरेको थियो ।

प्रधानाध्यापक खाँलाई सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गरेको बिगो तीन लाख दुई हजार एक सय सन्तानब्बे रुपैयाँ कायम गरी सो रकम बराबर जरिवाना र सो रकम निजबाट असुल उपर समेतको माग गर्दै बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७९ असार १४, २१: ०६

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७९ असार १४, २१: ०६

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७९ असार १४, २१: ०६

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...