
नयाँ विकल्प,
काठमाडौं – सप्तकोशीमा पानीको बहाव बढ्दै गएको छ । सुनसरी जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सप्तकोशीमा पनि पानीको बहाव हिजोभन्दा बढेको छ । हिजो साँझसम्ममा १ लाख २५ हजार क्युसेक पानी मापन गरिएको थियो । अहिले बिहान ८ बजेको मापनअनुसार पानीको बहाव बढेर १ लाख ४१ हजार ७ सय २५ क्युसेक पुगेको छ । कोशी ब्यारेजको ५२ वटा ढोका मध्ये १९ वटा ढोका खोलिएको छ ।
पानी बढ्दै गएकाले प्रदेश सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ भने स्थानीयहरु पनि चनाखिएका छन् । हरेक वर्षायाममा सप्तकोशीको बहाव बढ्दै गएको देखिन्छ । अविरल वर्षाका कारण हिजो भन्दा आज पानीको बहाव बढ्दै गएको हो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...