
नयाँ विकल्प,
काठमाडौं – कैलालीको धनगढी बजार डुबानमा परेको छ । बुधबारदेखि परेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका ३ को मिलनचोक, विद्युत प्राधिकरण कार्यालय र पछाडि रहेका घरहरु डुबानमा परेका हुन् । विद्युत कार्यालय जलमग्न भएपछि महसुल बुझाउन जाने सेवाग्राहीहरु समस्यामा परेका छन् ।
उपमहानगर वडा नम्बर ३ मा नाली निकासमा समस्या भएपछि बजार डुबानमा परेको स्थानीयवासीहरुको भनाई छ ।

यसअघि स्थानीयवासीले उपमहानगरपालिका वडा नम्बर २ तर्फबाट पानी निकासको माग गर्दै आएपनि कुरा नमिलेपछि समस्या आएको उनीहरुको भनाई छ । पानी निकासका लागि तीन करोड लगानी गरेर बनाइएको अस्थायी नालाबाट पनि पानी निकास नभएपछि समस्या आएको उनीहरुको गुनासो छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...