काठमाडौं । प्रहरीले बालिकालाई बलात्कार गर्ने पूरुषलाई पक्राउ गरेको छ । सिरहा प्रहरीले बलात्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको हो । गोलबजार नगरपालिका १० धर्मपुरका ३८ वर्षीय राजकुमार विश्वकर्मालाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
घरमा एक्लै टोलाउने, झोक्राएर बस्ने गरेका बालिकालाई अभिभावकले सोधखोज गर्दा आफूमाथि करणी भएको बताएपछि प्रहरीमा खबर गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए ।
प्रहरीले विश्वकर्मालाई तत्काल पक्राउ गरी जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...
काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...
काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...