कक्षा ११ को भर्ना साउनभित्र लिन परिक्षा बोर्डको निर्देशन – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

कक्षा ११ को भर्ना साउनभित्र लिन परिक्षा बोर्डको निर्देशन

काठमाडौं । कक्षा ११ को भर्ना साउन मसान्तसम्म लिन परिक्षा बोर्डको निर्देशन दिएको छ । बोर्डले कक्षा ११ मा बिद्यार्थीहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्‍याएको छ ।

परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो ।

छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्ना अवसरबाट बञ्चित भएको गुनासो आएको भन्दै त्यस्तो निर्देशन दिएको हो । ‘कक्षा–११ को बिद्यार्थी भर्ना गर्ने सबन्धनमा बिभिन्न विद्यालय र क्याम्पसहरूले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखी सुचना प्रकाशित भएको हुँदा देशका दुर्गम क्षेत्रका बिद्यार्थीहरुले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको भनि बोर्डमा प्राप्त गुनासाहरूका सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ’ जारी सूचनामा भनिएको छ ।

‘यस सम्बन्धमा सबन्धित बिद्यालयहरुले माध्यमिक शिक्षा परिक्षा –कक्षा ९१००को नतिजा सार्वजनिक भएको न्यूनत्तम १५ दिनसम्म आवेदन दिनसक्ने गरी भर्ना कार्यक्रम तय गरी २०७९ साल श्रावण मसान्तसम्म बिद्यार्थी भर्ना लिने ब्यवस्था मिलाउन सबै बिद्यालयरक्याम्पसलाई सुचित गरिन्छ,’सूचनामा भनिएको छ । स्थानिय पालिकाहरुले सो बारेमा सहजीकरण गर्न पनि परिक्षा बोर्डले अनुरोध गरेको छ ।

Untitled

सम्बन्धित समाचार

व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
  • २०७९ श्रावण १८, १५: १७

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
  • २०७९ श्रावण १८, १५: १७

काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...

सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
  • २०७९ श्रावण १८, १५: १७

काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...