
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा सँग भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्नुपर्ने भन्दै साना कम्युनिस्ट पार्टीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले यसअघि नेकपा संग भएको सहमति कार्यान्वयन गर्नुपर्ने र नेकपाका नेताहरुमाथिको पक्राउ आदेश खारेज गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्।
एमसिसी खारेज गर्नुपर्ने, मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै नारावाजी गरेका थिए ।
उनीहरुले संसदीय व्यवस्था खारेज गर्नुपर्ने जनाएका छन्।
ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ फागुनमा नेकपालाई शान्तिपूर्ण राजनीतिमा लयाउन तीनबुँदे सहमति भएको थियो।
जसमा सरकार र नेकपा देशको राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्ने र सरकारले नेकपामाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाइ गर्ने र सम्पूर्ण मुद्दाहरु खारेज सहमति भएको थियोे।
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...
काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...
काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...