
काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले हिजो (बिहीबार) पोखरास्थित श्री पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको दौरान उनले उक्त पृतना हे.क्वा. तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाका, प्रदेशहरुसँगको समन्वय लगायत आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्थाका बारेमा जानकारी हासिल गर्नुका साथै आवश्यक निर्देशन दिएका थिए । निरीक्षणकै क्रममा उनले श्री पश्चिम पृतना हे.क्वा. विजयपुर व्यारेकको निरीक्षण गरी सकलदर्जालाई सम्बोधन गरेका थिए ।
प्रधान सेनापति महारथी शर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगिताका क्रममा असोज ३० गते दुर्घटना भई दिवंगत भएका नेपाली सेनाका खेलाडी निसिम थापाको पोखरा महानगरपालिका वडा नं.१२, हस्पिटलचोकस्थित निवासमा गई निजको परिवारहरुलाई भेट गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । तत्पश्चात, प्रधान सेनापति महारथी शर्मा पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा समेत सहभागी भएका थिए ।
दुई दिने निरीक्षण भ्रमणको क्रममा रहनु भएका प्रधान सेनापति महारथी शर्माले आज बाग्लुङ्गस्थित श्री नं. २३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...